सांसदहरुलाई झण्डै ६५ हजार दशैं भत्ता गुपचुप रुपमा बाँडिदै

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, ०७ : ४६
सांसदहरुलाई झण्डै ६५ हजार दशैं भत्ता गुपचुप रुपमा बाँडिदै

काठमाडौं । सरकारले संघीय संसदका हरके सदस्यहरुलाई गुपचुप रुपमा दशैं भत्ता बाढन थालेको छ । दशैं भत्ता सार्वजनिक रुपमा उपलब्ध गराउँदा जनस्तरवाट आलोचनाको सामना गर्नुपर्ने भएपछि सरकारले गुपचुप रुपमा भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारको यो निर्णय सागै उपप्रधानमन्त्री देखि मन्त्री, राज्यमन्त्री देखि संघीय संसदका सदस्यहरु सम्मले दशैं खर्च पाउने भएका छन् । सांसदहरुलाई दशै खर्च दिने निर्णय मन्त्रिपरिषद्को भदौं ३१ को वैठकले गरेपनि उक्त निर्णय सरकारले गुपचुप राखेको छ ।जनस्तरमा आलोचित वन्ने भयका कारण सरकारले यो निर्णय लुकाएको हो ।

पछिल्लो चरण सरकारले आफैले गरेका कतिपय निर्णय लुकाउने र गुपचुप रुपमा त्यसको कार्यान्वयनमा लैजादै आएको छ ।एक महिना वरावरको दशै खर्च उपलब्ध गराउन सरकारलाई सांसदहरुले पहिले देखि नै लविङ गरिरहेका थिए । यो पटक भने सरकारले निर्णय नै लिएको छ ।

सरकारको निर्णयअनुसार अव उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले ७५ हजार ६४० रुपैयाँ दशैँ खर्च पाउनेछन् ।

त्यस्तै मन्त्रीहरु गृहमन्त्री रामवहादुर थापा लगायतका मन्त्रीहरुले ७० हजार ७३० रुपैयाँ दशैँ खर्च पाउनेछन् । राज्यमन्त्रीहरुले भने ६७ हजार ३० रुपैया पाउनेछन् । यो रकम पाउनेमा पर्यटनराज्यमन्त्री धनबहादुर बुढा तथा डा.सुरेन्द्रकुमार यादव पर्छन ।

सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले समेत दशैँ खर्च पाउनेछन् । संघीय सांसदकी उपसभामुख शिवमाया तुम्बाहाम्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको दशैँ खर्च दर एकै रहेको छ । दुवैले ७० हजार ३३० रुपैयाँ दशैँ खर्च पाउनेछन्।

सांसदहरुलाई दशैँ खर्चबापत सरकारले ६४ हजार ७० रुपैयाँ दिनेछ । जनताका सेवकले राज्यकोषवाट अतिरिक्त दशैं खर्च लिनु नहुने मत बढिरहेका बेला  सरकारले भने गुपचुप निर्णयका आधारमा दशै खर्च उपलब्ध गराएको हो । यो रकम सांसदहरुले आफनो वैंक खातामार्फत प्राप्त गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस