एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा रजनीलाई दुई पदक

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, २० : ३८
एसियन  बडी बिल्डिङ च्याम्पियनसिपमा रजनीलाई दुई पदक

काठमाडौं । नेपालकी रजनी श्रेष्ठले इन्डोनेसियाको बताममा जारी ५३ औं एसियन बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नयाँ इतिहास कायम गरेकी छन् । रजनीले एउटै च्याम्पियनसिपमा दुई फरक विधामा पदक जितेकी छन् ।

नेपाल बडिबिल्डिङ तथा फिटनेस एसोसिएसन अध्यक्ष राजेशबाबु श्रेष्ठका अनुसार रजनीले ५५ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । उनले ३० वर्षमाथिको उमेर समूहमा पनि काँस्य पदक जितेकी छन् । गत साउनमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपमा रजनीले महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन् ।

पछिल्लो समय नेपालका बडिबिीलङ खेलाडीले अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा महत्वपूर्ण उपलब्धि हात पार्ने क्रम बढ्दै गएको छ । एक बर्षअघि मात्र थाइल्यान्डमा भएको विश्‍व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले ७५ केजी तौल समूहमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए । महेश्‍वरले नेपाली शारीरिक सुगठनलाई दिलाएको हालसम्मकै ठूलो उपाधि हो ।

प्रतिक्रिया दिनुहोस