फुलपातीअघि नै २६ शहरमा टेलिकमको फोरजी सेवा आउँदै

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, १५ : २६
फुलपातीअघि नै २६ शहरमा टेलिकमको फोरजी सेवा आउँदै

काठमाडौं । नेपाल टेलिकमले फूलपातीअघि नै देशका २६ शहरमा फोरजी सेवा सुरु गर्ने भएको छ ।
टेलिकमले असोज १५ गतेदेखि देशभरका २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्ने भएको हो ।
टेलिकमले फोरजी सेवाको आफ्नो पहिलो परियोजना अन्तर्गत १५ असोजदेखि सो सेवा उपलब्ध गराउन लागेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनले भनिन्, ‘टेलिकमले देशभरका शहरकामा फोरजी सेवा परीक्षण सफल रुपमा गरेको छ । तत्काल समस्या नआए असोज १५ देखि सोही अनुरुप सेवालाई व्‍यावसायिक रुपमै अगाडि बढाएर थालनी गर्छौं ।’

प्रतिक्रिया दिनुहोस