आज पनि घट्यो सुनको मूल्य, तोलामा कति ?

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, ११ : २७
आज पनि घट्यो सुनको मूल्य, तोलामा कति ?

फाईल फोटो

काठमाडौं । केही दिन यता सुनको भाउ निरन्तर घटेको छ । सुनको भाउ सोमबार पनि घटेर कारोबार भएको छ ।

आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको सुनका मूल्य सोमबार पनि रु २०० घटेर ७० हजारमा कारोबार भएको छ । यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ । 

चाँदी पनि सोमबार रु ५ ले घटेर रु ८४० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस