पाकिस्तानले भन्यो भारतलाई कश्मीरको कसाइ

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०७६, १० : ४०
पाकिस्तानले भन्यो भारतलाई कश्मीरको कसाइ

एजेन्सी । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार न्युयोर्कमा भएको सार्क विदेश मन्त्रीहरुको बैठक बहिष्कार गरे । बैठकमा भारतका विदेश मन्त्री एस. जयशंकर रहुन्जेल कुरेशी सहभागी हुन आएनन् । 

सार्कका विदेश मन्त्रीहरुको बैठक जारी संयुक्त राष्ट्र संघको महासभाको साइडमा भएको थियो । सा

अध्यक्ष राष्ट्रको हिसाबमा वैठकको नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । 

भारतका विदेश मन्त्री जयशंकर वैठकको बीचमा निस्किएका थिए । उनले अन्य कार्यक्रममा सहभागी हुनु पर्ने भएकाले चाँडै वैठक छाडेका थिए । 

जयशंकर निस्एिकपछि कुरेशी वैठकमा आएका थिए । बैठकमा आएपछि कुरेशीले आफू जयशंकर निस्किएपछि आउनुको कारण बताउदैं भने ,‘म कश्मीरको कसाईसँग बस्छु भन्ने तपाईँहरुलाई विश्वास लाग्छ ?’
वैठकबाट निस्कनुअघि जयशंकरले आफ्नो भनाइ राखेका थिए । त्यस क्रममा उनले पाकिस्तानबारे पनि टिप्पणी गरे । उनले पाकिस्तानलाई चुनौतीपूर्ण देश भने ।

प्रतिक्रिया दिनुहोस