ज्योतिनगरको दिवा स्याहार केन्द्रमा विविध कार्यक्रम

सफल खबर संवाददाता

शुक्रबार, १० असोज २०७६, १७ : २०
ज्योतिनगरको दिवा स्याहार केन्द्रमा विविध कार्यक्रम

चितवन । सप्ताहव्यापी अन्तर्राष्ट्रिय मस्तिष्क पक्षाघात दिवस काठमाडौं लगायत देशका विभिन्न ठाउँमा मनाउँदै गर्दा भरतपुर महानगरपालिका–२६ ज्योतिनगरको दिवा स्याहार केन्द्रमा विविध कार्यक्रमका साथ गो ग्रीन भन्ने मुल नाराका साथ मस्तिष्क पक्षाघात स्वाबलम्वन समूह नेपालको अगुवाई र नरेश कुमार प्रधानको विशेष सहयोगमा यो दिवस मनाइयो ।

विभिन्न ठाउँमा चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइद‌ै गर्दा यसै सन्दर्भमा आज भरतपुर– २६ मा पनि विशेष जनचेतनामूलक ¥याली मस्तिष्क पक्षघात रोग होइन, समस्या हो यिनिहरुलाई समुदायमा समान अवसर दिनुपर्छ भन्दै विश्व मस्तिष्क पक्षघात दिवस मनाइयो । उक्त ¥यालीले ज्योतिनगर बजार परिक्रमा गरी मस्तिष्क पक्षघातको बारेमा जानकारी दिन ज्योतिनगरमै रहेको कालिका आवासीय मा.वि.का विद्यार्थीहरुलाई मस्तिष्क पक्षघातको बारेमा दिवा स्याहार केन्द्रका हरिकला भुषाल र शान्ति दराईले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नम्बर २६ कै स्थानीय  बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पुष्पाञ्जलि अस्पतालका फिजियोथेरापिष्ट मदन घिमिरेबाट एक दिने थेरापि शिविर तथा अभिभावकहरुलाई सल्लाह तथा परामर्श दिनुभएको थियो ।

गत असोज ३ गतेदेखि शुरू भएको यो सप्ताहव्यापी दिवस १० गते समापन हुनेछ । खासमा अक्टोवर ६ मा मनाइने यो दिवस यो पटक वडादशैंको कारण अगाडि नै गरिएको र ६ अक्टोवरका दिन विभिन्न ठाउँमा हरियो बत्ती बालेर यो दिवसलाई पुर्णता दिने दिवा स्याहार केन्द्रका अध्यक्ष लक्ष्मिकान्त घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस