घटस्थापनादेखि काठमाडौंमा १० चक्के सवारी साधनलाई प्रवेश निषेध

सफल खबर संवाददाता

शुक्रबार, १० असोज २०७६, १५ : ४८
घटस्थापनादेखि काठमाडौंमा १० चक्के सवारी साधनलाई प्रवेश निषेध

काठमाडौं । घटस्थापनादेखि काठमाडौंमा १० चक्के सवारी साधनलाई प्रवेश निषेध गरिएको छ । 
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार दशैंमा हुने सवारीजाम कम गर्न ठुला सवारीलाई प्रवेश निषेध गरिएको हो । 
तर, अत्यावश्यक सामान बोक्ने ठुला सवारीलाई भने प्रवेश गर्न दिइने उनले बताए । असोज १९ गतेसम्म १० चक्के लगायत ठूला सवारी प्रवेश निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस