मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०७६, १८ : ४५
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौं । सरकारले असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकको १४ वटा निर्णय सार्वजनिक गरेको छ । विहीबार नियमित पत्रकार सम्मेलन गरी सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले नेपाल ट्रष्ट ९पहिलो संशोधन० नियमावली, २०७६ स्वीकृत गरेको छ । बैठकले एसिड आक्रमणबाट घाइते भएकी जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवम् जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ । 

यस्तै नेपाल र अस्ट्रेलिया सरकारबीच हजाई सेवा सम्झौता प्रारम्भिक हस्ताक्षर गर्ने, मोरङ जिल्ला प्रशासनबाट शम्भुप्रसाद मण्डलको नामबाट जारी भएको नेपाली नागरिकता रद्द गर्नेलगायतको निर्णय पनि बैठकले गरेको छ ।  

हेर्नुहोस्, निर्णयहरु :

प्रतिक्रिया दिनुहोस