नारायणकाजी को समर्थनमा उर्लियो भच्चेकमा जनसागर : प्रचण्ड र केपीले गरे सम्बोधन

बुधबार, २९ कार्तिक २०७४, १६ : २६
नारायणकाजी को समर्थनमा उर्लियो भच्चेकमा जनसागर : प्रचण्ड र केपीले गरे सम्बोधन


 भच्चेक ,गोरखा । पहिलो चरणको चुनावको तिथि नजिकिँदै जाँदा उम्मदेवारहरु मतदाताका घरदैलो चाहारिरहेका छन् । किसानहरु मंसिरे बाली उठाउन तल्लीन छन् । मतदाताहरु नेताले बोलाएका सभा समारोहमा खासै निस्किएका छैनन् । तर, बुधबार गोरखामा केपी ओली र प्रचण्ड सम्मिलित चुनावी कार्यक्रममा भने मतदाताको जनउभार देखिएको छ ।

बिगतका आम चुनावमा नेताहरु मतदाताहरूको घरघरमा जानुपरेन, विभिन्न ठाउँमा हुने सभामै जनता आफैं उर्लिएर आए । तर, पछिल्ला निर्वाचनहरुमा भने नेताहरु नै जनताका घरघरमा जानुपर्ने बाध्यता आइलागेको छ ।अहिले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि नेताहरु नै जनताको घर दैलोसम्म दौडिइरहेका छन् ।उम्मदेवारले घरदैलोमा सास्ती व्यहोरिरहेकै बेला बुधबार दिउँसो गोरखाको भच्चेक बजारमा आयोजित नारायणकाजी श्रेष्ठको चुनावी अभियानलाई केपी ओली र प्रचण्डले संयुक्तरुपमा सम्वोधन गरे ।
सो अवसरमा आयोजित सभामा विभिन्न गाउँबाट मतदाताहरुको ठूलो संख्यामा उपस्थिती रह्यो ।

पूर्वप्रधानमन्त्री ओली र प्रचण्डको भाषण सुन्न भेला भएको यो जमघटले गोरखामा अब दलका नेता र कार्यकर्ताहरुलाई मात्रै नभएर जनतालाई सोत राम्रैसँग चुनाव लागेको संकेत दिएको छ ।

दशकौं पछि हुन लागेको आम चुनावमा विस्तारै मतदाताहरु राष्ट्रिय उत्सवका रुपमा घरबाहिर निस्कन थालेको महसुस गोरखाले गराएको छ ।

भच्चेकको जनलहरले बाबुराम संकटमा

बाबुरामले आफुलाइ मायागर्ने जनमत भयको क्षेत्र भनि चर्चा चलाइरहेको माथिल्लो क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई जिताउन भन्दै गोरखा पसेपछि अब नयाँ शक्ति पार्टीका उम्मेदवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दबावमा परेका छन् ।
कांग्रेससँग तालमेल गरेर चुनाव लडिरहेका डा. भट्टराईले अहिलेसम्म गाउँ र टोलमा स-साना कोणसभाहरु गरिरहेका छन् । उनले कुनै ठूलो जनलहरयुक्त आमसभा गरेका छैनन् ।

एमालेसँगको तालमेलका आधारमा चुनावी प्रतिस्पर्धामा उत्रिएका माओवादी नेता नारायणकाजीको पक्षमा एक प्रकारको जनलहर देखिएपछि अब बाबुराम भट्टराईले पनि त्यस्तै शक्ति प्रदर्शन गर्लान् या नगर्लान् हेर्न बाँकी छ ।

गोरखा क्षेत्र नम्बर २ मा बाबुरामले नेपाली कांग्रेसको साथ लिएर चुनाव लड्दैछन् भने नारायणकाजीले एमालेको साथ लिएका छन् । दुबै ‘हेभीवेट’ नेताहरु चुनावी मैदानमा रहेकाले यहाँको चुनाब राष्ट्रिय - अन्तरास्ट्रिय चर्काको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस