गृहमन्त्रीका भाइ १ लाख धरौटीमा रिहा

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, १९ : ०६
गृहमन्त्रीका भाइ १ लाख धरौटीमा रिहा

काठमाडौं । गहृमन्त्री रामबहादुर थापा (वादल)का साइला भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौंले थापालाई १ लाख धरौटीमा रिहा गरेको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहस सकिएपछि थापालाई बुधबार धरौटीमा छाड्ने आदेश गरेको हो। उनीसँगै पक्राउ परेका अन्य ५ जना भने पुर्पक्षका लागि जेल चलान भएका हुन् ।  

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस