वनलाई हिजो संरक्षण गरीयो, अब फाईदा लिनुपर्छ: मन्त्री नेपाल

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, १८ : ३६
वनलाई हिजो संरक्षण गरीयो, अब फाईदा लिनुपर्छ:  मन्त्री नेपाल

चितवन । प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले समृद्धिका लागी बनको सहि सदुपयोग गर्नुपर्ने बताएका छन । चितवनमा जिप लाईनको उद्घाटन गर्दै मन्त्री नेपालले हरियो बनलाई समृद्धिका लागी भरतपुर प्रयोग गर्नुपर्ने बताएका हुन । 

मन्त्री नेपालले विगतबाट संरक्षण गरीएको हरीयो बनलाई अब समृद्धिसँग जोडेर आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिए । अब अक्सिजन मात्रै नभई जिवनस्तर उकास्न नयाँ तरीकाले अघि बढ्नुपर्ने उनको भनाई छ ।  

आवश्यकता र प्राथमिकताका आधारमा बनलाई उपयोग गरी स्थानियको आयआर्जन बढाउनुपर्नेमा जोड दिए । यद्यपी वनलाई प्रयोग गर्दा यसको संरक्षणमा भने पर्याप्त ध्यान पुर्याउनुपर्ने बताए । ‘हरियो बन नेपालको धन’ भन्ने नारालाई अब समृद्धिसँग जोड्नुपर्छ, स्थानियको जीवन परिवर्तन गर्नेगरी सवै गम्भिर भएर अघि बढौँ उनले भने हिजो संरक्षण गरीयो अब फाईदा लिनुपर्छ ।

अब राजनीतिक आन्दोलन सकिएकाले आर्थिक समृद्धिमा जोड दिनुपर्ने मन्त्री नेपालको भनाई छ । तत्कालीन समय र परिस्थिति अनुसार उत्कृष्ट संविधान जारी भएकाले अव सवै मिलेर विकास, समृद्धिमा जुट्नुपर्ने बताए । संघियताले घरघरलाई आप्mनो क्षेत्रको विकास आफै गर्ने अवसर दिएकाले सवै लाग्नुपर्ने बताए । 

वनलाई सहि सदुपयोग गर्दै छिमेकि राष्ट्र भुटान विगत एक दशकमा निक्कै अघि बढेको नेपालले पनि यसबाट सिक्नुपर्ने बताए । बनमा जिपलाईन, ट्रि क्लाम्विङ लगायतका विभिन्न आम्दानी बढाउने गतिविधि गर्नुपर्ने मन्त्री नेपालको भनाई छ । 

समृद्धिका लागी अब सवै नेपालीमा आत्मविश्वास बढाउनुपर्ने बताएका छन । हामि गर्न सक्छौ, हामि गछौँ भनेर लाग्न सवैलाई आग्रह समेत गरे । उनले जुनसुकै क्षेत्रमा, जहाँबाट सुरु गरे पनि प्रदेश सरकारले समृद्धिका गतिविधिलाई पुर्ण साथ र सहयोग गर्दै सफल बनाउने प्रतिवद्धता पनि जनाए । उनले जल, जंगलले अब स्थानियको जिवन परिवर्तन गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस