चिनको अर्काे टोली फेरि काठमाडौं आउँदै

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, ०८ : ५०
चिनको अर्काे टोली फेरि काठमाडौं आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएर फर्केको एक साता पछि नै फेरि अर्का नेता काठमाडौं आउन लागेका छन् । राष्ट्रपति सि जिनफिङका सम्भावित नेपाल भ्रमणको तयारीकै लागि ति नेता नेपाल आउन लागेका हुन् ।

चिनिया कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभागका प्रमुख सोङ ताओ आगामी शनिवार काठमाडौं आउन लागेको परराष्ट मन्त्रालयले जनाएको छ ।

उनले नेपालमा रहदा प्रधानमन्त्री केपी ओली सहित परराष्ट्रका उच्च अधिकारी र विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

चिनिया कम्युनिष्ट पार्टीका विशेष प्रतिनिधीका रुपमा ताओ नेपाल आउन लागेका हुन् ।

उनले नेपालमा राष्ट्रपति सि को भ्रमण तयारीका विषयमा छलफल पछि फेरि अर्काे टोली नेपाल आउने छ । त्यसपछि मात्र सिको नेपाल भ्रमण हुने नहुने टुंगो लाग्ने परराष्ट्र स्रोतको भनाइृ छ ।

ताओको भ्रमण पछि आउने टोली भने राष्ट्रपतिको सुरक्षामा संग्लन्न टोली हुने र त्यसले सुरक्षा स्थिती बुझेपछि मात्र भ्रमणका विषयमा निधो लाग्ने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस