अरुण नदीमा गाडी खस्दा ६ जना वेपत्ता

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, ०७ : ३३
अरुण नदीमा गाडी खस्दा ६ जना वेपत्ता

फाईल फोटो

काठमाडौं । संखुवावासभाको खाँदबारीबाट बिरामी लिएर गएको बोलेरो गाडी दुर्घटना हुँदा ६ जना वेपत्ता भएका छन् । मंगलबार राति को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । धर्मदेवी नगरपालिकाको अक्करको भीरबाट गाडी अरुण नदीमा खसेको बताइएको छ । 

दुई महिनाको बिरामी शिशुको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो। वेपत्ता हुनेमा दुई महिनाको शिशु सहित खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर, बिरामी शिशुका उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ रहेका छन् । 
गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ। प्रहरीले घटनाबारे थप जानकारी आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस