चितवनका एक हजार ६२१ जनामा डेंगु पोजेटिभ, अहिलेसम्मकै डरलाग्दो अवस्था

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, ११ : ०९
चितवनका एक हजार ६२१ जनामा डेंगु पोजेटिभ, अहिलेसम्मकै डरलाग्दो अवस्था

चितवन । चितवनमा अहिलेसम्म एक हजार ६२१ जनामा डेंगु पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यलय चितवनको तथ्यांक अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि कहिल्यै पनि यतिधेरै डेंगु पोजेटिभ देखिएका थिएनन् । डेंगुले महामारीकै रुप लिएपछि बिरामिको संख्या बढ्दा अस्पतालमा उपचारमा समेत समस्या परीरहेको सम्बन्धत अस्पतालले जनाएको छ । 

स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसिका अनुसार जिल्लाका विभिन्न अस्पतालमा ७ हजार १ सय ७८ जनाको परिक्षण गरीएकोमा एक हजार ६२१ जनामा पोजेटिभ देखिएको हो । डेंगु पोजेटिभहरुमध्ये ६० प्रतिशत पुरुष रहेका छन भने ४० प्रतिशत महिला रहेका छन । 

.भरतपुर महानगरपालिकाको १, २, १०, १४, लगायतका विभिन्न वडा जिल्लाको सबैभन्दा बढी डेंगु प्रभावित क्षेत्र हो । भरतपुर नारायणगढ क्षेत्रका हरेक घरमा डेंगुका विरामि रहेका छन । 

यसैबिच भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई एक हजार किट उपलव्ध गराएको छ । डेंगुले महामारीको रुप लिएपछि किट अभाव हुँदा विरामिको उपचार नै प्रभावित भईरहेको अवस्थामा महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालका मेडिकल सुपटिेन्डन्ट श्रीराम तिवारीलाई किट हस्तान्तरण गरेकि हुन् । 
 

प्रतिक्रिया दिनुहोस