रोल्पाको थबाङमा पहिरोले घरै पुरियो, दुई जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, ०९ : ४६
रोल्पाको थबाङमा पहिरोले घरै पुरियो, दुई जनाको मृत्यु

काठमाडौं । रोल्पामा पहिरोले घरै पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले अन्य ४ जनालाई पनि पुरेको छ ।

जिल्लाको थबाङ –२ छेर्लबाङमा गएराती आएको पहिरोले घर पुरेको हो । पुरिएको घरमा दुई परिवारका गरी ६ जना बस्दै आएका थिए ।

प्रहरीका अनुसार, घटनामा परी दुई जनाको शव फेला परिसकेको छ । अन्य हराईरहेकाहरुको खोजी र उद्धार कार्य जारी रहेको छ । पहिरोमा परी शीरकुमारी बुढा र उनकी ४ वर्षका छोरा अशलको शब पुरिएको अवस्थामा स्थानियले बिहान निकालेका हुन् ।

पहिरोमा अझै जय बुढा, उनको पत्नी मुलज्योती बुढा, छोरी गृष्मा र अर्की ढेड वर्षिय छोरी छन्  । उद्धारमा खटिएका गाउँलेले उनीहरु जिवितै फेला पर्ने संभावना न्युन रहेको बताएका छन् ।

घरमाथि खनिएको सडकको माटो सहित आएको पहिरोले  घर पुरिएको बताईएको छ । थप विवरण आउन बाकी नै छ । 

प्रतिक्रिया दिनुहोस