नेपालीको एकता धुमिल्याउने दुष्प्रयास परास्त : प्रधानमन्त्री

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, ०८ : ३४
नेपालीको एकता धुमिल्याउने दुष्प्रयास परास्त : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सास्कृतिक रुपमा नेपालीबीचको एकता धुमल्यिाउने प्रयासलाई परास्त गरिएको बताएका छन् । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपालीहरु वीचको एकता धुमल्यिाउने प्रयास भएपनि त्यस्ता दुष्प्रयासलाई परास्त गरिएको बताएका हुन् ।

उनले समृद्ध नेपाल ,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नु पर्ने बताउदै त्यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले भने,–‘हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रुपमा अथ्र्याइ नेपालीहरु बीचको एकता धुमिल्याउने प्रयास थिए । तर, हामीले त्यस्ता दुष्प्रयासलाई परास्त गरिसकेका छौं ।’

ओलीले नेपालमा बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गरेका छन् ।
‘एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा समाजिक–साँस्कृतिक निधि मान्दै आएका छौं । यही साँस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सुत्रमा बाँधिएका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

उनले नेपाल यतिबेला आर्थिक सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको पनि बताए ।

‘समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ’–प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, –‘प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु विदेशी पर्यटकको आकर्षण गर्ने कडी बन्न सक्छन् ।

त्यस पक्षलाई पनि आत्मसात गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु  ।’ प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई सहकाल सहित मनाइने पर्वको रुपमा स्मरण गरेका छन् । प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई साँस्कृतिक पर्वका रुपमा संरक्षण गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस