सहकर्मिका कारण दुई नेपाली मलेसिया प्रहरीको हिरासतमा, परिवार तनावमा

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, ०९ : २२
सहकर्मिका कारण दुई नेपाली मलेसिया प्रहरीको हिरासतमा, परिवार तनावमा

चितवन । बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका दुई नेपाली मलेसिया प्रहरीको हिरासतमा पुगेका छन । पर्सा ठोरी गाँउपालिका वडा न ४ मिल चोकका ४० वर्षीय सुन बहादुर विक र अर्का एक नेपाली प्रहरी हिरासतमा परेको विकका छोरा रुद्र विकले बताए । 

एउटै कम्पनीमा कार्यरत सहकर्मिको कुटपीटबाट सुपरभाईजरको मृत्यु भएपछि विकसहित २ जना नेपालीलाई मलेसिया प्रहरीले पक्राउ गरेको रुद्र विकले बताए । अहिले उनका परिवार तनावमा परेका छन । उनिहरुले निर्दोष रहेकाले जतिसक्दो छिटो हिरासतमुक्त बनाई नेपाल झिकाईदिन सरकार, मेनपावर तथा सम्बन्धित सवैसँग आग्रह गरेका छन । 

विकसँगै झापाका ४० वर्षीय टंक प्रसाद गौतम पनि पक्राउ परेका छन । उनिहरु दुवै जना मलेसियामा सुरक्षागार्डका लागी गएका थिए । 
मलेसियाकै अर्का एक जना ईलिगल काम गर्दै आएका कामदारले तलब नदिएको भन्दै सुपरभाईजरलाई कुटेका थिए । उनले हेलमेट र मुक्का प्रहार गरेर कुटिएको २४ घण्टापछि सुपरभाईजरको मृत्यु भएको थियो । एक तारेखमा भएको घटनाबारे आफुले दुइ तारेखमा मात्रै थाहा पाएको रुद्रले बताए ।  

घटनास्थलमा रहेको सिसि क्यामेरा फुटेज पनि निर्दोषीताको प्रमाण स्वरुप रहेको छोरा रुद्रको भनाई छ । फुटेजमा बुवाले झगडा गर्नेलाई छुट्याईरहेको निर्दोष रहेको देखिएकाले चाँडै छुटाउन सरोकारवाला पक्षसँग परिवारले आग्रह गरेका छन । 
एकैपटक पक्राउ परेका लोकल म्यानेजर सेप्टेम्बर ४ तारीकमा छुटे पनि विक र गौतम भने छुटेका छैनन् । विक र गौतम निर्दोष हुँदाहुँदै अनेक षड्यन्त्र गरी फसाउनसक्ने भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन । ३ वर्षअघि ईन्टरनेसनल मेनपावर रिक्युप्मेन्ट प्राली मार्फत मलेसिया गएका सुन बहादुर यहि कार्तिकमा घर फर्कने तयारीमा थिए । 
 

प्रतिक्रिया दिनुहोस