–उर्गेन तामाङ
चितवन । चितवनको सुरक्षा अवस्था आज अन्य दिनको तुलनामा कडा बनाईएको छ । केहि दिन यता भरतपुरमा जारी प्रदर्शनका क्रममा हुने हिंसात्मक क्रियाकलापलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र अदालत वरपरको सुरक्षा अवस्था कडा गरीएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले अदालत वरपरको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । निषेधित क्षेत्रमा विशेष परिस्थिति बाहेक हिडडुलमा समेत कडाई गरीएको छ । विहानैबाट निषेधित क्षेत्रमा माईकिङ गर्नुका साथै प्रेस, व्यवसायी, कार्यालयको काम, कर्मचारी, विरामि लगायतबाहेकलाई सो क्षेत्रमा प्रवेश निषेध गरीएको छ ।
विप्लव नेतृत्वको नेकपाको चितवन बन्दलाई मध्यनजर गर्दै समग्र जिल्लाको सुरक्षा अवस्था मजबुद बनाईएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । बन्द भएपनि सवारी साधान भने निर्वाध रुपमा गुडीरहेका छन । निषेधीत क्षेत्र घोषणा गरेपछि आज जिल्ला अदालत वरपरका क्षेत्र निक्कै शान्त देखिन्छ । प्रदर्शन गर्ने, समुहमा हिडडुल गर्न विहान ६ बजेबाटै प्रतिवन्ध गरेकाले शान्त देखिएको हो ।
कसैले निषेधित क्षेत्र तोड्न खोज्नेलाई पक्राउ गरी कानुन बमोजीम कार्वाहि गर्ने कार्यालयले चेतावनी दिएको छ । सवैलाई सम्यमित हुन आग्रह पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
उर्गेन तामाङ
सोमबार, ०९ भदौ २०७६, १३ : ४७
लेखकबाट थप