–उर्गेन तामाङ
चितवन । पत्रकार सालिकराम आत्महत्या प्रकरणका आरोपी रवि लामिछानेसहित तिनै जनाको बयान सकिएको छ । लामिछाने र युवराज कंडेलको वयान भर्खरै सकिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमनी गिरीले बताए । अस्मिता कार्किको बयान भने हिजो नै लिईएको हा ।
अबको केहि बेरमा थुनछेक बहस सुरु हुने गिरीले बताए । थुनछेक बहसपछि आजै उनिहरुलाई धरौटिमा रिहा गर्ने, सुद्ध तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागी कारागार चलानका लागी आदेश दिने छ । बहस लम्बिए अदालतको आदेश आज पनि नआउने सम्भावना रहेको जनाईएको छ ।
उनिहरु तिनै जनालाई आज विहान १० बजेपछि चितवन जिल्ला अदालतमा उपस्थित गराईएको हो । पुडासैनि मृत्यु प्रकरणमा उनिहरु तिनै जनाविरुद्ध आत्महत्या दुरुत्साहत मुद्धा दर्ता भएको छ । मुलुकी अपराद संहिताको दफा १८५ अनुसार ५ वर्ष कैद र ५० हजार जरीमानाको माग गर्दै हिजो अदालतमा मुद्धा दर्ता गराएको हो ।
प्रतिक्रिया दिनुहोस
उर्गेन तामाङ
सोमबार, ०९ भदौ २०७६, १३ : २८
लेखकबाट थप