चितवन । मृतक पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको हिरासत बसाइँ लम्बिन सक्ने देखिएको छ ।
अनुसन्धानका बाँकी काम नसकिएकाले फेरि तेस्रो पटक म्याद थप हुने सम्भावना बढी रहेको चितवन वार एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका अधिवक्ता गोपीलाल देवकोटाको बताए । उनका अनुसार फेरि म्याद थप हुने सम्भावना ९० प्रतिशत रहेको छ । अभियोगपत्र समेत तयार नभएकाले तिनै जनाको म्याद थपिने सम्भावना रहेको उनको भनाइ छ ।
सरकारले २५ दिनभित्र सम्बन्धित विषयको अनुसन्धान अनिवार्य सकाउनुपर्छ । घटनास्थल वरपरका व्यक्तिहरुको बयान, डोरी किनेको पसल सञ्चालकको बयान लिइरहेको साथै अन्य प्रमाणहरु संकलन गर्ने र अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।
पोष्टमार्टम रिपोर्ट, डोरी किनेको सीसीक्यामराको फुटजलगायतका विभिन्न कारणहले आत्महत्या नै हो भन्ने पुष्टि हुने अवस्था रहेको देवकोटाको भनाइ छ । यसलाई अदालतले फाइनआउट गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ ।
मत बाझियो
न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको छ । उनीहरुले दिएको बयानमा दुई जनाको मत आपसमा बाझिएको अधिवक्ता देवकोटाले बताए ।
अस्मिताले आफ्नो कारणले नभई रवि र युवराजका कारण आत्महत्या गरेको हो भनी बयान दिएकी देवकोटले बताए । उनका अनुसार बयानमा अस्मिताले मेरो कारणबाट सालिकरामले आत्महत्या नगरेको जिकिर गरेकी छन् । उनले रवि र युवराजलाई पोलेको अधिवक्ता देवकोटाले बताए । देवकोटाका अनुसार अस्मिताले बयानमा आफ्नो र सालिकरामको सम्बन्ध राम्रो रहेको र आफूले सालिकरामलाई विवाहित हुनुहुँदो रहेछ भनेर एक पटक मात्रै सोधेको बताएकी छन ।
रविले पनि बयानमा आफ्नो कारणले घट्ना नघटेको दावी गरेका छन । रविले आफूले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन भने अस्मिताले यसअघिबाटै चिनजान रहेको बयान दिएकी छन् । रवि र अस्मिताले फरक फरक मत रहेको अधिवक्ता देवकोटाले बताए ।
रविले यसअघि सामाजिक सञ्जालमार्फत हिरासतबाट बाहिरीएको ३ मिनेटमा आफू निर्दोष रहेको प्रमाणीत गरेर देखाउने बताएका छन् । रविको भ्वाइस रेकर्डरमा आफूलाई नियोजित रुपमा फसाउन खोजेको आरोपसमेत लगाएका थिए । उनले आफू प्रहरी हिरासतभित्रै असुरक्षित रहेको बताएका थिए ।
अधिवक्ता देवकोटाले रविले आफ्नो धारणाभन्दा पनि साँचो बयान दिए राम्रो हुने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
उर्गेन तामाङ
शनिबार, ०७ भदौ २०७६, १७ : ११
लेखकबाट थप