प्रधानमन्त्री ओलीद्वारा गौरा पर्वको शुभकामना

हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०७६, ०७ : २०
प्रधानमन्त्री ओलीद्वारा गौरा पर्वको शुभकामना

काठमाडौं । सिंगापुर उपचार भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गौरापर्वको शुभकामना दिएका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता हाम्रो देशका अमूल्यहरु निधि भएको भन्दै प्रधानमन्त्रीले गौरापर्वको अवसरमा शुभकामना सन्देश जारी गरेका हुन् । 

खासगरी कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा गौरापर्व विशेष उल्लासका साथ मनाइँने गरिन्छ । गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, भेषभूषा, रितिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्‍भावको सम्मिलन गराएको उल्लेख गरेका छन् ।

“हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण हुन ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्,  सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौं पर्व र साँस्कृतिक अवसरहरु मध्येको एक गौरा पर्वले समस्त नेपाली दिदीवहिनी दाजुभाइहरुबीचको आपसी सद्भावलाई अझ मजवूत बनाउने विश्वास गर्दछु ।”
 

प्रतिक्रिया दिनुहोस