संसदमा आज पनि उठ्यो रविको विषय, सबै राजनीतिक दल एकै ठाउँमा उभिन आह्वान

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, १४ : ३२
संसदमा आज पनि उठ्यो रविको विषय, सबै राजनीतिक दल एकै ठाउँमा उभिन आह्वान

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणको विषय आज पनि संसदमा उठेको छ । पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका प्रदर्शनले अनुसन्धान प्रभावित हुन सक्ने सांसदहरुको भनाइ छ । 

नेकपा सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । ‘को दोषी को निर्दोष’ भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

नेकपा सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको बताए । उनले सरकारले त्यस्ता खालका नारा लगाउनेहरुलाई तत्काल नियन्त्रण गर्नुपर्ने बताएका छन् । ‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्न आएको छ । त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागि परोस्’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभई निष्पक्ष रुपमा छानविन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस