नेउवा महासंघमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने गरी विधान संशोधनको तयारी

सारा ‘गेमप्लान’ बैंक डिफल्टर पूर्वअध्यक्ष चण्डीराज ढकालको, जसले तिरेका छैनन् बैंकको एक अर्ब रुपैयाँ

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०७६, १२ : ५२
नेउवा महासंघमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने गरी विधान संशोधनको तयारी

काठमाडौँ । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणा नै हुन् तर राष्ट्रिय वाणिज्य बैंकको एक अर्ब रुपैयाँ ऋण नितिरी बसेका बैंक डिफल्डर चण्डीराज ढकाल महासंघभित्रका नदेखिने अध्यक्ष हुन् । 
उनी यसअघि महासंघको अध्यक्ष नै भएका थिए । महासंघलाई आफ्नो व्यक्तिगत स्वार्थमा परिचालन गर्न ढकालको मनपरीले सीमा नाघेको छ । बैंकको ऋण तिर्नु नपर्ने, जे जे मन  लाग्छ, त्यही गर्ने विशेष स्वभाव भएका ढकालले महासंघलाई पुनः आफ्नै स्वार्थमा चलाउन गर्न हुने, नहुने सबै हर्कत गरेको व्यवसायीहरु बताउँछन् । 
उनले पछिल्लो पटक नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनका लागि विशेष साधारणसभा बोलाउनका लागि अध्यक्ष राणालाई दबाव दिएका छन् । त्यसको पछाडि ढकालले आफ्नो स्वार्थ पूरा गराउने उद्देश्य रहेको छ । विशेष साधारणसभाको मिति तोक्ने तयारी गरिएको छ । कार्यसमिति बैठक बोलाइएको महासंघ सचिवालयले जनाएको छ । 
विधान संशोधन दुई एजेण्डामा केन्द्रित रहेको छ । ती एजेण्डा भनेका उनै बैंकको ऋण नतिर्ने ढकालको रहेको छ । महासंघको अध्यक्षमा निर्वाचन र पदावधि दुई वर्ष बनाउने गरि विधान संशोधन गरिन लागेको छ । हाल महासंघ कार्यसमितिको कार्यकाल तीन वर्षको छ । कार्यकाल दुई वर्षको बनाउन उनै ढकालले प्रयास थालेका छन् । सोही उद्देश्य अनुसार नै ढकालको सेटिङमा विशेष साधारणसभा बोलाउन लागिएको हो । 
चार बर्षअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान बनाइएको थियो । त्यही प्रावधानलाई टेकेर अध्यक्ष बनेकी भवानी राणाले विधान संशोधनका लागि मार्गप्रशस्त गरेकी थिइन् । राणाले नै आफूलाई अध्यक्ष बनाउन उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखेकी थिइन् । उनले महासंघका विशिष्ठ सदस्य एवं पूर्वअध्यक्ष चण्डी ढकालको संयोजकत्वमा विधान संशोधन समिति बनाएकी थिइन् । 
जतिखेर पनि महासंघलाई आफ्नै एजेण्डामा चलाउन सिपालु ढकालले पुनः अर्को पासा फालेका छन् । दुई बर्षको कार्यकाल बनाउने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउन लागिएको छ । पुनः उनै चण्डी ढकालको समितिले दिएको सुझावका आधारमा विधान संशोधन गर्न खोजिएको बताइएको छ । जानकार स्रोतले दिएको सुझावका आधारमा  वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने गरी विधान संशोधनको प्रक्रिया अगाडि बढाउन लागिएको हो । 
जसरी भएपनि गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने योजनामा ढकाल लागेका छन् । महासंघभित्र सधैँ प्रभावशाली भूमिकामा रहेका ढकालले नै विधान संशोधनका लागि राणालाई दबाब दिएका थिए । त्यही दबाबका आधारमा विधान संशोधन समिति बनाइएको हो ।  विधान संशोधनले वरिष्ठ उपाध्यक्ष शेखरको हकमा के हुने भन्ने पनि टुंगो गर्ने तयारी गरिएको छ । 
शेखरलाई रोक्नका लागि ढकालले हुने नहुने सबै खालका हर्कत अगाडि बढाएका छन् ।  स्रोतका अनुसार अध्यक्ष राणा गोल्छापछि हुने निर्वाचनबाट कार्यान्वयनमा ल्याउन चाहेकी छिन् । तर ढकाल पक्ष भने विधान संशोधन भएपछि अध्यक्षको निर्वाचन हुने मत जाहेर गरिरहेका छन् । तर त्यसलाई कार्यन्वयन हुन नदिन ढकाल समूह मरिमेटेर लागेको छ । 
विधान संशोधनको मुद्दा विशेष साधारणसभामा कुनैपनि हालतमा पारित गरेरै छाडने योजनामा ढकाल समूह लागेको छ । जिल्ला तहमा वर्चस्व रहेको दावी गर्ने ढकालले अध्यक्षमा निर्वाचन नै गराउने गरी रणनीति बनाइरहेको देखिन्छ । आफू अनुकूल विधान बनाउने, आफू अनुकल काम गराउने व्यक्तिको खोजी गर्ने योजनामा ढकाल समूह विगतदेखि नै लागेको हो । 
जानकार स्रोतका अनुसार आफू अनुकूल विधान बनाउने र आफूले चाहेको व्यक्तिलाई अध्यक्ष बनाउन उनले सबै प्रकारका हर्कत गरेका छन । ढकालको मुद्दामा उपाध्यक्ष किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठले समेत साथ र सहयोग गरेका छन् । उनीहरु पनि शेखरलाई जसरी भएपनि रोक्ने योजनामा लागेका छन् । उनीहरु दुवै अध्यक्षको आकाक्षी समेत रहेकाले जसरी भएपनि शेखरलाई रोकेर उनीहरुमध्ये एक जनालाई अध्यक्ष बनाउने र अर्कोलाई वरिष्ठ उपाध्यक्ष बनाउने गरी ढकालले षड्यन्त्र गरिरहेका छन् । 
विधान संशोधनमा अर्का उपाध्यक्ष चन्द्र ढकाल भने मौन रहेको जानकारहरुको भनाइ छ । किनकी ढकाल पनि महासंघको अध्यक्ष बन्न लालायित छन् । उद्योग व्यवसायको नाममा बैंक, बीमा जस्ता व्यवसाय गरेका ढकाललाई पनि अध्यक्ष बन्ने भूत सवार भएको छ । विधान संशोधन र आफ्नो पक्षमा पार्नकै लागि हालै महासंघले यूरोप र चीन भ्रमण गराएको स्रोतको दाबी छ । यूरोप भ्रमण उपाध्यक्ष प्रधानकै नेतृत्वमा चार दर्जन भन्दा बढी उद्योगी र व्यापारी पठाइएको थियो । व्यापारीलाई विदेश पठाउने, रमाइलो र राम रमितामा भुलाएर आफ्नो स्वार्थ पूरा गराउन लागिपरेका छन् ।  
महासंघ पछिल्लो समयमा कानुनी उल्झनमा धेरै पटक फसिसकेको छ । त्यसरी फस्नुको पछाडि पनि उनै ढकाललगायतको गिरोहको हात रहेको व्यवसायीको भनाइ छ । यसअघि  वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि भएको विधान संशोधनका विरुद्धमा पनि सर्वोच्चमा मुद्दा परेको थियो । सो विषयमा अन्तरिम आदेश भएपनि पूर्ण आदेश भने आएको छैन । 
पूर्व उपाध्यक्ष भाष्करराज राजकर्णिकार र गोविन्दराज घिमिरेले विधान विशेष साधारणसभाबाट संशोधन गर्न नमिल्ने भन्दै रिट दायर गरेका थिए ।  अहिलेको विधान संशोधनले शेखरलाई बाटो छेकेमा कानुनी बाटो खोज्ने उनी निकट व्यापारी बताउँछन् ।  ‘विधान संशोधनमार्फत शेखरको बाटो छेके कानुनी बाटो खोज्ने निश्चित छ । त्यसले महासंघलाई अझै कमजोर बनाउने छ । 
ढकाल लगायतले उद्योगी व्यवसायीको छाता संगठनलाई निरन्तर बदनाम बनाउँदै लगेका छन् । उनीहरुको सोही हर्कतका कारण महासंघ उद्योगी व्यवसायीको छाता संगठन हो भन्ने मान्यतामा समेत खण्डित भएको छ । किनकी ढकालहरु महासंघका लागि केवल धमिरा जस्तै भएका छन् । जसका कारण महासंघले क्रमशः साख गुमाउँदै गएको छ । महासंघको काम उद्योग व्यवसाय विस्तार गर्नु भएपनि ढकालहरुले उद्योगीलाई नै बदनाम गराउन लागिपरेका छन् । 
बैंकको ऋण नतिर्ने ढकालहरुलाई कानूनी कारबाही गराउन समेत सरकार असफल भएको छ । अरु व्यवसायीले एक महिना भन्दा बढी ऋण नतिरे कालोसूचीमा राख्ने, सार्वजनिक सूचना जारी गर्ने, अर्थमन्त्रालय, केन्द्रीय बैंक तथा ऋण असुली न्यायाधिकरणलगायतले कारवाहीको प्रक्रिया अगाडि बढाउँथ्यो । तर ढकालले भने आफू प्रधानमन्त्री केपी शर्मा ओलीको नजिकको व्यापारी भएको भन्दै सधै उन्मुक्ति पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस