काश्मिर मुद्धामा भारतको निर्णयको विरोधमा बोल्यो चीन

सफल खबर संवाददाता

बुधबार, २२ साउन २०७६, ०७ : ३१
काश्मिर मुद्धामा भारतको निर्णयको विरोधमा बोल्यो चीन

काठमाडौं । भारतले जम्मु कश्मीरलाई दिईएको विशेषाधिकार खारेज गरी लद्दाख र जम्मु कश्मीरलाई अलग अलग राज्य बनाउने भारत सरकारको निर्णयमा चीनले आपत्ति जनाउँदै मुख खोलेको छ ।

चीन परराष्ट मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी त्यस घटनामा आफ्नो धारणा सार्वजनिक गरेको हो ।

परराष्ट मन्त्रालयकी प्रवक्ता ह्वा छुनयिङले दुई देशीय सीमा क्षेत्रको पश्चिमी भागमा चिनियाँ भूखण्डलाई भारत शासित क्षेत्रको परिधिमा राखेकामै चीनले उहिल्यैदेखि विरोध गदै आईरहेको भन्दै चीनको धारणा अहिले पनि त्यही रहेको बताएकी थिइन् ।

चिनियाँ भूभागसँग सम्बन्धित लद्दाख केन्द्रद्धारा शासित हुने निर्णयवारे चिनको औपचारिक धारणा राख्दै उनले भनिन्, – चीनले सधै नै भारतको उक्त प्रवृतिको विरोध गदै आएको छ र यसमा चीन सदैव अडिग, निश्चयी र कसैगरी पनि अपरिवर्तनीय धारणामा उभिएको छ ।

सीमा समस्यावारे विगतमा भएका सहमतिको भारतले पालना गर्नुपर्ने पनि ह्वाले बताइन् । सर्तकतापूर्वक बोली र ब्यवहारमा गम्भिर हुन पनि उनले भारतलाई सुझाव दिइन् । उनले भनिन्, –चीन र भारतबीच सम्पन्न सहमति अक्षरंस पालना गर्न पनि भारतलाई चीनले आग्रह गर्छ ।

पाकिस्तानले यो घटनाका संसदबाट खेद प्रस्ताव नै पारित गरिसकेको छ । उसले उक्त क्षेत्रमा अन्तराष्टिय विशेष मिसन पठाउन संयुक्त राष्टसंघलाई पत्राचार नै गरेको छ । तर भारतले भने जम्मु कश्मीरको विषयले घरेलु राजनीति पेचिलो बन्दै जान थालेपछि अन्तराष्ट्रिय समर्थन जुटाउन प्रयास थालेको छ ।

भारतका विदेश सचिव एस जयसंकरले संयुक्त राष्टसंघका सुरक्षा परिषद्का प्रमुख स्थायी सदस्य राष्ट्रहरु अमेरिका, चीन, वेलायत, फ्रान्स, रुस लगायत दिल्लीस्थित दुतहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस