पत्रकार मृत्यु प्रकरणले लियो नयाँ मोड, सुसाईड भिडियो नोट फेला (नोटसहित)

सफल खबर संवाददाता

मंगलबार, २१ साउन २०७६, २२ : ४८
पत्रकार मृत्यु प्रकरणले लियो नयाँ मोड, सुसाईड भिडियो नोट फेला (नोटसहित)

चितवन । पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । घट्ना भएको २४ घन्टापछि भेटिएको सुसाईड भिडियोका कारण मृत्यु प्रकरणले नयाँ मोड लिएको हो । 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक सालिकरामको मोवाईलमा सुसाईट भिडीयो फेला परेको छ । अहिले थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । 
भिडीयो भेटीएसँगै साँझपख काठमाण्डौ लैजादै गरेको सालिकरामको सव भरतपुर अस्पतालमै राखिएको छ । मृतकका परिवारले दिएको जाहेरीका आधारमा पक्राउ परेका होटल सञ्चालक यज्ञ बहादुर कार्कि अहिले मंगलवार रातिसम्म प्रहरीकै नियन्त्रणमा रहेको छ ।
पत्रकार सालिकराम भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा सोमवार राति ९ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनका परिवारले घट्ना रहस्यमय भएको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गर्दै सव उठाउन दिएका थिएनन् । 
केहि महिना अघिसम्म न्युज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा आवद्ध रहेका सालिकराम पछिल्लो समय माउन्टेन टिभिमा कार्यरत थिए । 

यस्तो छ पुडासैनीको आत्महत्याको भिडियो सन्देश
"मलाई रवि लामिछाने र दीपक दाजुले पछिल्लो पटक धेरै नै टर्चर दिनुभयो। उहाँहरूले करोडौँ रूपैयाँ कमाउने तर मलाई कममात्र पैसा दिने। पछि मलाई अष्ट्रेलिया डिपेन्डेन्ट भिषामा पठाइदिने भनेर एक जना केटीको पछि लगाए। तर त्यही क्रममा मैले न्यूज २४ टेलिभिजन छाडे पनि। र पछिसम्म मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने रणनीति बनाउनु भयो। त्यसकारण म अब संसारमा यस्तैगरि बाँचिरहन चाहन्न।"

प्रतिक्रिया दिनुहोस