यी हुन् सचिव बन्न दौडधुपमा लागेका सहसचिव

प्राविधिक तर्फ ३ र प्रशासन तर्फ ४ सचिव बढुवाको तयारी

सफल खबर संवाददाता

मंगलबार, २१ साउन २०७६, ०८ : ५४
यी हुन् सचिव बन्न दौडधुपमा लागेका सहसचिव

काठमाडौं । नेपाल सरकारका ७ जना सचिवले आजबाट उमेर हद र पदावधीका कारण अनिवार्य अवकास पाउने भएपछि सचिव बढुवाका लागि सहसचिवहरुको दौड शुरु भएको छ । अब बस्ने मन्त्रिपरिषद बैठकले नै सचिव बढुवाको निर्णय गर्ने भएकोले सहसचिवहरु अहिले विभिन्न शक्तिकेन्द्रमा धाउन थालेका छन् ।   

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन समूहबाट ४ र प्राविधिक समुहबाट ३ जना गरी ७ सहसचिव सचिवमा बढुवा गर्ने गरी प्रस्ताव तयार पार्दैछ ।

पदावधि सकेर प्राविधिक समूहबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्की र खानेपानी मन्त्रालयका दिपेन्द्रनाथ शर्मा र शिक्षा तथा विज्ञान प्रविधि सचिव कृष्णराज बिसीले उमेर हदका कारण आजैबाट अनिवार्य अवकास पाँउदैछन् ।

त्यस्तै, प्रशासन तर्फबाट मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्णुप्रसाद लम्साल, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णराज देवकोटा, अन्य सचिवहरु लालशंकर घिमिरे, अनिलकुमार ठाकुर र रामकुमार आर्चायले भदौ अन्तिमसम्ममा अवकाश पाउँदैछन् ।

उनीहरुको ठाउमा सरकारले ७ जना सहसचिवलाई सचिवमा बढुवा गर्न लागेको हो । मन्त्रीपरिषद कार्यालयका सचिवलाई भने अवकास लगत्तै सरकारले निजामती कर्मचारी प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा ४ वर्षका लागि नियुक्तिको तयारी गरेको छ ।

रिक्त हुने सचिवका लागि प्राविधिक तर्फ ऋषिराज शर्मा, रविन्द्रनाथ श्रेष्ठ, शिवहरि शर्मा, सागरकुमार राई र सुरेश आचार्य लबिङमा छन् । शर्मा बरिष्ठताका आधारमा स्वत पर्ने देखिएपनि प्राविधिक तर्फका अन्य २ सिटका लागि रविन्द्रनाथ, शिवहरी, सागरकुमार र सुरेशले दौडधुप बढाएका छन् । त्यस्तै रामकृष्ण सापकोटा, मणिराम गेलाल र प्रमिलादेवी बज्राचार्यले पनि सचिव बढुवाका लागि दौडधुप बढाएका छन् ।

प्रशासन तर्फको ४ सचिवका लागि  तोया नारायण ज्ञवाली, तोयम राया, दिनेश भट्टराई, रामकृष्ण सुवेदी, बालकृष्ण घिमिरे र एक नारायण अर्याल प्रतिस्पर्धामा छन् । तोयानारायण वरिष्ठताका आधारमा स्वतः बढुवामा पर्न सक्ने सम्भावना छ । अन्यले भने दौडधुप बढाएका छन् ।

सचिव बढुवाका लागि लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा रहने बढुवा सिफरिस समितिले एउटा पदमा तीन जनाको नाम सिफारिस गर्नेछ । यसरी गरिने सिफारिसमा पहिलो सूचीमा परेका व्यक्ति नै दोस्रो र तेस्रोसम्म पनि सिफारिस हुनेछन् । लोकसेवा आयोगबाट सिफारिस भएर आएका तीनमध्ये कुनैलाई सरकारले सचिव बढुवा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस