काठमाडौं । अहिले कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका रक्षामन्त्री इश्वर पोखरेल १७ साउनमा एकाबिहानै पूर्व राजा ज्ञानेन्द्र बस्दै आएको निर्मल निवास छिरेका थिए । समाचार मात्र चर्चामा रहेपनि उनी निर्मल निवास छिरेको घटनाले नेकपाभित्र हलचल मच्चिएको थियो ।
पोखरेलले निर्मल निवास छिर्नुको कारणबारे केही नबोलेका कारण घटना पुष्टि हुन नसकिरहेका बेला सुरक्षास्रोतले भने बल्ल पोखरेल पूर्व राजाको निवास निर्मल निवास छिरेको पुष्टि गरेको छ ।
एक उच्च सुरक्षा स्रोतका अनुसार उनी शुक्रबार बिहान रक्षासचिव रेश्मीराज पाण्डेलाई साथै लिएर निर्मल निवास छिरेका थिए । बिहान साढे ८ को हाराहारीमा निर्मल निवास छिरेका पोखरेल बिहान १० बजे मात्र निर्मल निवासबाट बाहिरिएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।
२०६२/०६३ पछि तत्कालिन माओवादी जनयुद्ध र दोश्रो जनआन्दोलनको बलमा गद्धीच्यूत भएका ज्ञानेन्द्र शाहसँग निवासमै पुगेर त्यसबेला आन्दोलनमा सहभागी राजनीतिक दलका कुनै पनि नेता कार्यकर्ताले ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका थिएनन् ।
पूर्व राजाले प्राध्यापक डा सुरेन्द्र केसी लगायतसँग रहस्यमय भेटघाट गरेको चर्चा सेलाउन नपाउँदै उपप्रधान तथा रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेका पोखरेल पनि निवासमै भेट्न पुग्नुले घटनालाई थप रहस्यमय बनाईदिएको थियो ।
पार्टीभित्र पार्टी राजनीतिक कार्यदिशा भन्दा फरक ढंगले तत्कालिन एमालेकै कार्यदिशाको वकालत गदै आएका, माओवादी धारका नेता कार्यकर्ताप्रति पूर्वाग्रही सोच पाल्दै आएका पोखरेलको निर्मल निवास प्रवेश आफैमा रहस्यमय छ । तर उनी निकट केही सा्रेतले भने तत्कालिन राजा विरेन्द्रको नाममा रहेको सम्पत्ति नेपाल ट्ष्ट अन्र्तगत ल्याउने योजनाका आधारमा जग्गा खोजीका लागि पोखरेल निर्मल निवास छिरेको चर्चा पनि गर्न थालेका छन् ।
तर पोखरेलका पछिल्ला गतिविधि पार्टी एकता विरोधी देखिदै जान थालेका बेला पूर्व राजासँगको अर्थपूर्ण भेटलाई भने राजनीतिक वृत्तमा अनेक विश्लेषण हुन थालेको छ । रक्षा सचिव बोकेर गएकाकारण राजाको सम्पत्तिको खोजीकै लागि पुगेको स्वतः पुष्टि हुने उनी निकट स्रोतको जिकिर छ । तर निर्मल निवासमा रक्षासचिव बोकेर पुगेका पोखरेलले ज्ञानेन्द्रसँग एक घण्टा सामुहिक र आधा घण्टा भन्दा बढी समय भने एक्ला एक्लै भेटवार्ता गरेको स्रोत दाबी गर्छ ।
आफुलाई राजावादी भन्ने शक्तिहरुले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता , समानुपातिक समावेशीताको अहिलेको राजनीतिक परिवर्तनलाई सहज स्वीकार गर्न सकिरहेका छैनन् । यही बेला ति पञ्चगमनकारी शक्तिहरुले अहिलेको ब्यवस्था नै फेर्नुपर्ने आवाज मुखरित गर्न थालेका बेला पोखरेल निर्मल निवास छिरेका छन् ।
नेपालमा हिन्दु राज्य बनाउनु पर्ने पक्षमा भारतीय पक्षबाट लबिङ तिव्र बनाइनु, पूर्व पञ्चहरुको पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाको ब्यवस्था नै फेर्नुपर्ने अभिब्यक्ति आउनु, पूर्व राजाले राजनीतिक भेटघाटलाई अर्थपूर्ण ढंगले तिव्र बनाउँदै लैजानु र यही बेला सरकारको दोश्रो वरियतामा रहेका मन्त्री समेत पूर्व राजाको निवास निर्मल निवास छिर्नु संयोग मात्र देखिदैन । राजनीतिक क्षेत्रमा यो घटनाभित्रका केही परिघटनाहरु जोडिएका हुन सक्ने आशंका गर्छन ।
एक राजनीतिक विश्लेषक भन्छन्, राजाको सम्पत्ति को खोजीका लागि पोखरेल निर्मल निवास छिरेको भए सार्वजनिक जानकारी गराएरै छिर्दा उनको राजनीतिक कद उँचो हुने थियो । तर उनले त्यसो नगरी गुपचुप भेट वार्ता गर्नु र भेटको चार दिन सम्म अझै पनि यस विषयमा मुख नखोल्नुले उनको निर्मल निवास छिराई रहस्यको घेरामा रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०७६, ०९ : ०२
लेखकबाट थप