चितवन । श्री कृष्ण जन्मास्टमी सोभायात्रा महामहोत्सव मुल आयोजक समिति चितवनले भदौको ६ गते श्रीकृष्ण जन्माष्टमी भब्यताका साथ मनाउने भएको छ । बिष्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष डा रामचन्द्र अधिकारी को प्रमुख आतिथ्यतामा चितवनमा सर्ब पक्षिय छलफल गरि भब्यताका साथ मनाउने निर्णय गरेको हो ।
हिन्दु धर्माबलम्बीहरुले आआफनो तवरले मनाउदै आएको यस पर्वलाई आगामी दिनबाट सबैले एकै तरिकाबाट एक भएर मनाउने निर्णय गरी सोहि अनुरुपको तयारी भएको बिष्व हिन्दु महासंघका केन्द्रिय सदस्य टंकनाथ पौडेलले बताउनु भयो । ६ गते ओमकार परिवार र सबै धार्मीक संघ संस्थाहरुले संयुक्त रुपमा सोभायात्रा सहित भब्य रुपमा कार्यक्रम गर्ने तयारी भएको पौडेल बताउनु हुन्छ । सोभायात्रामा आ आफनो भेषभुष झल्कने झाकीका साथ सबै धर्माबलम्बिलाई आ आफनो पहिचान सहित उपस्थीत हुन उहाले आग्रह गर्नु भयो ।
कार्यक्रमको भब्यतार सभ्यताका लागी बरिष्ठ समाजसेबि उमासंकर अग्रवाललाई संयोजकका रुपमा चयन गरी आवस्यक प्रक्रिया अगाढी बढाईएको उहा बताउनु हुन्छ । ६ गते बिहान हरिहर मन्दिर बाट शोभायात्रा निकाली म्यान रोड, भृकुटी पथ मिलन रोड ,सहिद चोक ,लायन्सचोक, चौबिसकोठी, जिल्ला प्रहरी कार्यालय हुदै जाग्रिती चोक मा रहेको धावन रिक्रियसन सेन्टरमा पुगी कार्यक्रममा परिणत हुने उहा बताउनु हुन्छ । कार्यक्रमलाई जति सक्दो भब्य र सब्य बनाएर हिन्दु धर्म र हाम्रो पुर्वीय दर्शनलाई बिष्वमाझ परिचित वनाउन अव सबै हिन्दु धार्मीउक अगुवाहरु सक्रिय हुनुपर्ने कार्यक्रमका संयोजक उमासंकर अग्रवालले बताउनु भयो । कार्यक्रममा सहभागिहरुले नेपाल लाई हिन्दु राष्ठ्र निमार्ण गरीछाड्ने समेत प्रतिवद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०७६, २१ : २२
लेखकबाट थप