कसले व्यहोर्दै छ प्रधानमन्त्री ओलीको उपचार खर्च ?

सफल खबर संवाददाता

आइतबार, १९ साउन २०७६, १८ : १०
कसले व्यहोर्दै छ प्रधानमन्त्री ओलीको  उपचार खर्च ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च व्यक्तिगत हुने सरकारले स्पष्ट पारेको छ ।

आइतबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।

सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च प्रधानमन्त्री आफैले बेहोर्ने सञ्चारमन्त्रीको भनाइ छ ।

तर प्रधानमन्त्री सहितको परिवारका सदस्यका लागि आउने जाने प्लेन टिकेट भने सरकारी खर्चमा हुने सञ्चारमन्त्रीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै जाने सरकारी कर्मचारीको हवाई भाडा, बस्ने व्यवस्था भने सरकारी खर्चमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस