काठमाडौं । चालु संसदको बजेट अधिवेशन अन्त्य गर्ने तिर सरकारले तयारी थालेको छ । बजेट पारित भईसकेको र प्रतिपक्षी काग्रेस लगायतले लगातार साना –साना विषयमा पनि विवाद गरेर संसद अवरोध गर्न थालेपछि सरकारले संसद बैठक नै अन्त्य गर्ने तयारी थालेको हो ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बजेट अधिवशेन अन्त्य गर्ने विषयमा सभामुख कृष्णबहादुर महरासँग छलफल गरिसकेका छन् ।
‘बजेट अधिवेशन र विद्येयक अधिवेशन गरी दुईखाले अधिवेशन हुन्छ । बजेट अधिवेशन मार्फत बजेट आईसकेको छ । बजेट आएलगत्तै यो अधिवेशन अन्त्य गर्ने विगत परम्परा पनि छ , अहिले लम्बिरहेको हो, यसलाई अन्त्य गर्ने तिर सरकारको ध्यान जान थालेको छ,’ बालुवाटार स्रोतले सफल खबरसँग भन्यो, –‘त्यही भएर पनि प्रधानमन्त्रीले अब संसद अधिवेशन अन्त्य गर्ने तिर सोच बनाईरहनु भएको छ ।’
काग्रेसले अहिले सर्लाहीमा मारिएका विप्लव नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेल हत्याकाण्डको संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।
९ साउनमा मात्रै संसदमा बाढी पिडितहरुको विषयमा जरुरी सार्वजनिक महत्वको विषयमा छलफलका लागि मात्र संसद खोलेर छलफल गर्न काग्रेस तयार भएको थियो ।
संसदको कार्यव्यबस्था परामर्श समितिको बैठकमा काग्रेसले जरुरी सार्वजनिक महत्वको विषयमा मात्र छलफल गर्न संसद खोल्न दिने भनेपछि त्यही समझदारीका आधारमा संसद बैठक चलेको थियो ।
त्यसयता संसद बैठक बसेकोे छैन । आज दिउँसो एक बजे प्रतिनिधीसभाको बैठक बोलाईएको छ ।
यो बैठक पनि अवरुद्ध गर्ने तयारी काग्रेस र राजपाले बनाईरेहका छन् । आजको बैठक खोल्न दिने नदिनेमा केही सार्वजनिक अभिब्यक्ति काग्रेस नेताहरुको नआईसकेपनि चल्न दिने पक्षमा नदेखिएको काग्रेस स्रोत बताउँछ ।
तर काग्रेस आफैले संसदीय समितिमा छानविनको माग गर्न गरेको आग्रह अनुसार गृहले छानविन गरेर प्रतिवेदन समेत संसदमा प्रस्तुत गरिसकेको छ । त्यसमा पनि उसले चित्त नबुझाई संसदीय समितिको माग गर्न थालेको छ ।
एउटै विषयमा अनेकथरी माग काग्रेसले गरेर निहुमात्र खोज्न थालेको बुझाईमा सत्तापक्ष छ । साना–साना विषयमा पनि काग्रेसले अड्को थाप्न थालेको सत्तापक्षको आरोप छ ।
संसदमा काग्रेस र राजपाबीच कार्यगत एकता हुने र साना विषयमा पनि निरन्तर संसदमा बखेडा झिक्न थालेको सरकारको बुझाई छ । विपक्षीहरुलाई कार्यगत एकता गर्ने अवसर नदिने र त्यसलाई निस्तेज बनाईदिन पनि सरकारले संसद अधिवेशन अन्त्यको तयारी थालेको हो ।
सभामुख महराले सरकारको निर्णयका आधारमा संसद चल्ने ÷नचल्ने भएकाले यो बारेमा सरकारलाई नै निर्णय लिन सुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०७६, ०९ : ३७
लेखकबाट थप