देउवा विरुद्ध मोर्चावन्दी गर्न कांग्रेस शीर्ष नेतालाई तरुण नेताकै दबाब

वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण नेताहरुलाई भने, – ‘केन्द्रमा लडेर मात्र पुग्दैन तपाईँहरु जिल्लामा पनि लड्नुस् ।’

सफल खबर संवाददाता

शुक्रबार, ०३ साउन २०७६, १० : १२
देउवा विरुद्ध मोर्चावन्दी गर्न कांग्रेस शीर्ष नेतालाई तरुण नेताकै दबाब

काठमाडौं । तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही लगायत काग्रेसका युवा तरुण नेताहरुले सस्थापनइतरका पार्टीका वरिष्ठ नेताहरुलाई एकै ठाउमा जमघट गराई देउवा विरुद्ध लड्न दबाब बढाएका छन् ।

शाही लगायत तरुण दलमा आवद्ध युवा नेताहरुले राजधानीको नक्सालस्थित एउटा क्याफेमा बिहिवार शीर्ष नेताहरुलाई बोलाई दबाब बढाएका हुन् । तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, तरूण पूर्व केन्द्रीय सदस्य मेदिनी सिटौला, तरुण नेताहरु हुर्मत न्यौपाने, कमल शाह, दामोदर कोइराला, लक्ष्मी खतिवडासहित करिब ४ दर्जन नेताहरुले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई एकै ठाउमा राखेर देउवाविरुद्ध एकगठ भएर विरुद्धमा लड्न दबाब बढाएका हुन् ।

नेताहरुले आ –आफ्नै तरिकाले बोल्दै हिड्ने, आफ्नै मात्र स्वार्थ लाद्ने काम भएपछि तरुण दल विघटनको अवस्थामा पुगेको भन्दै त्यसका लागि नेताहरुले एकजुट भएर पार्टी सभापतिको प्रतिरोध गर्नुपर्ने शाही लगायत तरुण नेताहरुले बताएका थिए ।

तरुणहरुले आफनो संगठन भित्र सभापति देउवाले खेलेको चलखेलका कारण संगठनले पदाधिकारीसम्म पनि पाउन नसकेको गुनासो राखेपछि नेताहरुलाई पनि देउवा विरुद्ध बोल्न वाध्यता आईलागेको थियो ।

तरुण नेता शाहीले बैठकमा भनेको उदधृत गदै एक सहभागीले भने, – ‘तपाईहरुको चालढाल पनि ठिक देखिएको छैन । आफु आफुमै मिल्ती छैन, आफै आफ्नै डम्फु बजाउँदै हिडिरहनु भएको छ, यही अवस्था रह्यो भने आउने महाधिवेशनमा पनि देउवा नै हाबी हुन्छन्, लेखेर राख्नुस् ।’

शाहीले बैठकमा सिधा–सिधा देउवाको विरुद्ध नेताहरुलाई एक हुन उकासेपछि नेताहरुले पनि आपसमा मिलेरै अगाडी बढिरहेको धारणा राखेका थिए । अहिलेको तरुण दल केन्द्रीय समितिले काम गर्न नसकेकोमा पनि शाहीहरुले असन्तुष्टि पोखेका थिए  । तरुण दलका अध्यक्षमा देउवा समूहका जीतजंग बस्नेत, कृष्ण सिटौला समूहका उत्तम चापागाई. उपाध्यक्ष, पौडेल समूहका शाही महासचिव र खुमबहादुर खड्का समूहका विद्वान गुरुङ कोषाध्यक्ष छन् । अन्य पदाधिकारी र केन्द्रीय समितिको कार्यकाल सकिनै लाग्दा समेत अहिलेसम्म बन्न सकेको छैन ।

तरुण नेताहरुको चर्को दबाबपछि नेता पौडेलले पनि तरुण युवाका असन्तुष्टि सम्बोधन गर्ने प्रयास गरे । वरिष्ठ नेता पौडेलको भनाई उद्धृत गर्दै सहभागी एक तरुण नेताले भने, –‘अहिले पार्टी सञ्चालन नियमावली पनि अप्रजातान्त्रिक खालको आएको छ । केन्द्रमा देउवाविरुद्ध हामी लडिरहेका छौं । जिल्ला र क्षेत्रमा पनि देउवा विरोधीहरुलाई एक ठाउँमा ल्याउनुस् । केन्द्रमा लडेर मात्र पुग्दैन तपाईँहरु जिल्लामा पनि लड्नुस् ।’

भेलामा सहभागी तरुण दलका पूर्वकेन्द्रीय सदस्यले मेदिनी सिटौलाले भने,–‘पार्टीलाई देउवा प्रवृतिबाट बचाउन जे–जे त्याग गर्ने हो गर्नुस् । कम्युनिष्टमुक्त नेपाल र देउवाप्रवृतिमुक्त कांग्रेस बनाउन तपाईंहरु एक भएर लड्नुको विकल्प छैन ।’ कोइराला र सिंहले पनि पौडेलको जस्तै अभिब्यक्ति दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस