पोखराको जानकी विद्यालयलाई शैक्षिक सामग्री

शनिबार, १३ माघ २०७४, १२ : ४०
पोखराको जानकी विद्यालयलाई शैक्षिक सामग्री

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ स्थित जानकी आधारभूत विद्यालयलाई रु ५० हजार बराबरको खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने ध्येयका साथ महानगरपालिका १७ नं वडास्तरीय बजेटद्वारा उपलब्ध गराइएको उक्त सामग्रीमा फुटबल, बास्केट बल, ¥याकेट, कापी र कलम छन् ।

महानगरपालिका– १७ का वडा सदस्य बैकुण्ठ भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम भण्डारी र प्रअ रघुनाथ भण्डारीलाई शुक्रबकार सो सामग्री हस्तान्तरण गरे। सो विद्यालयमा हाल ९७ छात्रा तथा ८४ छात्र अध्ययनरत रहेको शिक्षक तुलसी गिरीले जानकारी दिए ।  (रासस)

प्रतिक्रिया दिनुहोस