धनुषामा सवारी दुर्घटना, ६ जनाको मृत्यु

शनिबार, १३ माघ २०७४, ११ : १७
धनुषामा सवारी दुर्घटना, ६ जनाको मृत्यु

धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको जीप शनिबार बिहान धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ कमलापुलनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा मोरङकी शारदा रेग्मी दाहाल र पह्लाद न्यौपाने, खेमकुमार रानामगर, संखुवासभाका नयाँराज जिमी, खोटाङका ज्ञानबहादुर चौहान र पाँचथरकी प्रनिता राईको ज्यान गएको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस