रसियाबाट योगेशले भने, ‘पार्टीभित्र कस्ता मान्छे ल्यायौं ?’

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, १३ : ३१
रसियाबाट योगेशले भने, ‘पार्टीभित्र कस्ता मान्छे ल्यायौं ?’

काठमाडौं । आपराधिक पृष्ठभूमिका राजीव गुरूङ अर्थात् दीपक मनाङ्गे नेकपा प्रवेश गरेपछि पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् । 
“राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है ” रसिया भ्रमणमा रहेका भट्टराईले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन् ।

मनाङ्गे बिहीबारमात्रै नेकपा प्रवेश गरेका हुन्। गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङ्गेले केही समयअघि अदालतबाट सफाइ पाएका थिए। 

 मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभामा निर्वाचित भएका थिए। उनलाई तत्कालीन नेकपाको सहयोग थियो ।

प्रतिक्रिया दिनुहोस