‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’

शुक्रबार, १२ माघ २०७४, १९ : ३६

भक्तपुर । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताएका छन् ।  

अनेरास्ववियु भक्तपुरको १८ औँ सम्मेलनका क्रममा उहाँले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताए ।
 
कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले अबको १० वर्षमा युवालाई रोजगारीका लागि खाडी मुलुक जानुपर्ने अवस्था नआउने जिकिर गरे । एमालेका केन्द्रीय सदस्य सोम मिश्र, प्रदेशसभामा नवनिर्वाचित सदस्य शशीजंग थापा, अनेरास्ववियु भक्तपुर इन्चार्ज राजन केसी, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष शैलेश लामालगायतले देशको परिवर्तनमा विद्यार्थीले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

शनिबारसम्म चल्ने ८४ प्रतिनिधिको उपस्थिति रहेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियु भक्तपुरका संयोजक जयराम बास्तोलाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस