चितवन प्रहरीको कार्ययोजनाः घुमुवा प्रहरी हटाईयो, विप्लव कार्यकर्तामाथि कडा निगरानी

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०७६, ११ : ०१
चितवन प्रहरीको कार्ययोजनाः घुमुवा प्रहरी हटाईयो, विप्लव कार्यकर्तामाथि कडा निगरानी

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सेवा प्रभावकारी बनाउन विभिन्न ३० बुदे २०७६ को वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । मंगलवार प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ११ वटा मुख्य प्राथमिकताका आधारमा ३० बुदे योजना सार्वजनिक गरेको हो । 

प्रहरी संगठनको आन्तरीक सुदृढिकरण, जनशक्ति व्यवस्थापन, परिचालन गरी सेवा थप प्रभावकारी बनाउने, चोरी तस्करी, मानव बेचबिखन, अनैतिक क्रियाकलाप नियन्त्रण, अवैध मदिरा तथा लागुऔषध नियन्त्रण लगायत रहेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए । गृह प्रसासन सुधार कार्ययोजना २०७४, प्रहरी महानिरीक्षकको १० बुदे प्राथमिकतालाई मध्यनजर गरी जिल्लामा वर्षभरी गरीने विभिन्न योजना बनाईएको मल्लले बताए । 

आन्तरिक सुदृढिकरण अन्तर्गत पहिलो चरणमा सादा पोसाकका प्रहरीलाई आफुखुसी घुम्न प्रतिबन्ध गरीएको छ । घुमुवा प्रहरीको नाममा केहि प्रहरीले आप्mनो जिम्मेवारी बिर्सीदा प्रहरी संगठनकै बदनाम भएकाले यसलाई पुर्ण पुर्नमार्जीत गरीएको एसपी मल्लले बताए । उनका अनुसार घुमुवा प्रहरीलाई हटाएर सुचना संकलन तथा विश्लेषण टिम गठन गरीएको छ । एसपी मल्लले भने ‘प्रहरी निरीक्षक राज कुमार थापाको नेतृत्वमा १२ जनाको विशेष टोली गठन गरीएको छ, त्यो टोलीलाई प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले निगरानी गर्नेछ ।’ 

यसअघि आफुखुसी सादा पोसाकको प्रहरी परिचालन हुने गरेको भएपनि अब भने जिम्मेवारी तोकिएपछि मात्रै ति प्रहरी कार्यालय बाहिर जान पाउने व्यवस्था गरिएको छ । मल्लले उनिहरुले अपराध अनुसन्धानका लागी मात्रै काम गर्ने बताए । घुमुवा प्रहरीले कहिँकतै आफुलाई मननपरेकालाई थर्काउने, धम्क्याउने, केहि सुचना लुकाउने गर्दा प्रहरी संगठनको बदनाम हुनुका साथै प्रहरीमाथी नागरिकको विश्वास घटाउने काम भएकाले घुमुवालाई हटाएर विशेष टोली गठन गरीएको एसपी मल्लको भनाई छ । मल्लले घुमुवा प्रहरी हटाएर विशेष टिम गठन गर्ने अभियान चितवनबाट सुरु गरीएको बताए ।
 
उनले जिल्लामा सरकारद्धारा प्रतिबन्धीत नेत्र विक्रम चन्द समुहको गतिविधिलाई प्रमुख सुरक्षा चुनौतिका रुपमा लिएर कडा निगरानि गरीरहेको बताए । प्रहरीले उनिहरुको गतिविधिमाथी कडा निगरानी गरी आवश्यक कारबाही गर्ने प्रहरी प्रमुख मल्लको भनाई छ । यस्तै योजनामा प्रहरीलाई प्रविधिमैत्रि बनाउन सिसि क्यामेराको पुन निर्माण गर्ने थप्ने, सुेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न स्थानमा प्रहरी पोष्ट थप्ने लगायतका समेटिएको छ ।

अहिलेको प्रहरी संघठन र जिम्मेवारीमा रहेका प्रहरीले नयाँ ढंगबाट काम गरीरहेको प्रहरी प्रमुख मल्लको दाबी छ । चितवनमा अहिले ६७ वटा प्रहरी ईकाई मार्फत ७४५ जना प्रहरीले सेवा दिईरहेका छन । केहि स्थानमा ईकाई थप्ने प्रक्रिया अघि बढेको मल्लले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस