कास्की लगायत ठाउमा कात्तिकभित्रै उपचुनाव हुने

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०७६, ०९ : २९
कास्की लगायत ठाउमा  कात्तिकभित्रै उपचुनाव हुने

काठमाडौं । केन्द्र, प्रदेश र स्थानिय तहका रिक्त जनप्रतिनिधीहरुको ठाँउमा उपचुनावको तयारी निर्वाचन आयोगले थालेको छ । असार साउन वर्षातको समय र त्यसपछि लगत्तै चाडपर्वको माहोल हुने हुँदा कात्तिकमा उपचुनाव गर्ने तयारी आयोगले गरेको आयोगका अध्यक्ष दिनेशकुमार थपलियाले बताए । उनले यस विषयमा एक चरण सबै राजनीतिक दल र स्वंय प्रधानमन्त्रीसँग पनि छलफल भईसकेको बताए ।

कास्की लगायतका निर्वाचन क्षेत्रमा उपचुनाव गर्नुपर्ने अवस्था छ । कास्कीबाट निर्वाचित नेकपा सांसद निर्वतमान मन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र जनप्रतिनिधी बिहिन अवस्थामा छ ।

उपनिर्वाचनद्वारा केही पदहरू रिक्त छन् । आयोगका अनुसार, प्रतिनिधि सभामा एउटा, प्रदेश सभामा ३ वटा, स्थानीय तहका प्रमुख र उपप्रमुखमा ५ वटा र वडाध्यक्षहरूमा करिब ४३ वटा पदहरूमा अहिले जनप्रतिनिधी छैनन । यी निर्वाचनहरुलाई के कसरी गराउने भन्नेमा आयोग अहिले छलफलको चरणमा रहेको आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस