सरकारको रोपाई महोत्सव यसपाली बर्दियामा

किसान महासंघले पनि बर्दियामै कार्यक्रम गर्ने

सफल खबर संवाददाता

आइतबार, १५ असार २०७६, ०८ : २४
सरकारको रोपाई महोत्सव यसपाली बर्दियामा

काठमाडौं । आज असार १५  । मानो रोपेर मुरी फलाउने दिन । सरकारले हरके वर्ष आजको दिनलाई राष्टिय धान दिवस एवं रोपाई महोत्सवका रुपमा मनाउँदै आएको छ ।

यो दिवसका दिन कुनै न कुनै औपचारिक कार्यक्रम गरेर कृषि मन्त्रीको उपस्थितीमै सरकारले रोपाई महोत्सव मनाउँदै आएको छ । यो वर्ष भने रोपाई महोत्सव सरकारले वर्दियामा आयोजना गरेको छ । त्यसका लागि मन्त्री
लगायतका सरकारी टोली बर्दिया पुगिसकेको छ ।

सत्तारुढ दल नेकपाको किसान महासंघले पनि सरकारी कार्यक्रमसँगै जोडेर बर्दियामै कार्यक्रम आयोजना गरेको महासंघका संयोजक बामदेव गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।

धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ सरकारले यो दिवस मनाउन लागेको छ । बर्दियाको राजापुर नगरपालिका –८ मा महोत्सव हुदैछ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस