एक वर्ष सर्ने भयो कांग्रेस महाधिवेशन, देउवाले गरे स्पष्ट संकेत

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०७६, ०७ : १६
एक वर्ष सर्ने भयो कांग्रेस महाधिवेशन, देउवाले गरे स्पष्ट संकेत

काठमाडौं । अन्ततः काग्रेस महाधिवेशन एक वर्ष सर्ने भएको छ । पहिलो चरणको जागरण अभियानको दुई दिने समिक्षाका क्रममा सभापति शेरवहादुर देउवाले महाधिवेशन सर्ने प्रष्ट संकेत दिएको काग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

उनका अनुसार, सभापति देउवाले पार्टी महाधिवेशन गर्नुअघि धेरै कामहरु गर्न बाँकी रहेकोले महाधिवेशनमा ढिलाई हुने कुराको संकेत बैठकमा गरेका थिए । सभापति देउवाले महाधिवेशन सर्ने संकेत गरिरहदा समिक्षा बैठकमै रहेका काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शसांक कोइरालाले भने केही प्रतिक्रिया दिएका थिएनन ।

देउवाले समिक्षा बैठकको समापन गदै पार्टीको महाधिवेशन एक वर्ष सार्ने विषयलाई स्पष्ट गरेका हुन् । देउवाले भने,–‘पार्टीको विधान अनुसार र नेपालको संविधान अनुसार पार्टीको महाधिवेशन हुन्छ । पार्टीको विधानमा जे व्यवस्था छ, त्यही व्यवस्थामा रहेर महाधिवेशन हुन्छ ।’

यसको मतलब उनले विधानले दिएको सुविधा अनुसार एक वर्ष सम्म महाधिवेशन सार्ने संकेत गरेका थिए । देउवाले महाधिवेशन पूर्व लथालिंग संगठनहरुलाई गतिमा ल्याउने र संगठन चलायमान बनाएपछि मात्र काग्रेस बलियो बनाउनु पर्ने तर्क पनि गरे ।

उनले पार्टीका जनवर्गीय संगठनको विवाद मिलाउने र चलायमान बनाई एउटा ठोस निर्णयमा पुग्नका लागि अबको केन्द्रीय समिति बैठक एउटा निर्णयमा पुग्ने वताए ।

देउवाको भनाई उदधृत गदै ति सदस्यले सफलसबरसँग भने, – ‘विद्यार्थी संगठन, किसान संगठन र तल्लो तहका अन्य संगठनहरुलाई पूर्णता दिनु पर्नेछ । पार्टीलाई बलियो बनाउन यी संगठनहरु निर्माण गरिनु पर्छ । हामी त्यतातिर लाग्छौं । २२ गते बस्ने केन्द्रीय समिति बैठकबाट नेविसंघको टुंगो लगाउँछौं । त्यसपछि किसान र अन्य संगठनहरुको टुंगो लगाउँछौं ।’

काग्रेसका विद्यार्थी संगठन नेविसंघको केन्द्रीय समिति विघटन भएर संरचना नै नरहेको लामो समय भईसकेको छ । तरुण दलमा चार जना पदाधिकारी मात्रै छन् । किसान संगठनको अवस्था उस्तै छ । अन्य जनवर्गीय संगठनमा पनि भाडभैलो र भद्रगोल अवस्था छ ।

केन्द्रीय नेतृत्वको आलोचना

मंगलबार र वुधबार दुई दिन सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जागरण अभियानको पहिलो चरणको समिक्षा बैठकमा जिल्लामा अभियानका क्रममा जिम्मेवारी लिएर खटिएका केन्द्रीय प्रतिनिधीहरुलाई १० मिनेटका दरले बोल्न समय दिईएको थियो । अन्य विषयमा भने पार्टीले दिएको चार पन्ने फारममा आफ्ना सुझाव लेखि पठाउन समेत निर्देशन दिइएको थियो ।

दुई दिनसम्म चलेको समीक्षा बैठकमा सभापति देउवासहित २५ जनाले बोलेका थिए । बोल्ने अधिकांश नेताले केन्द्रीय नेतृत्वको आलोचना गरेका छन् ।

‘तल्लो तहबाट गुट समाप्त भइसक्यो । तर केन्द्रमा गुट अहिले पनि सक्रिय छ, त्यसलाई हटाएर आउनुस् ।’ जिल्ला तहका नेताहरुको भनाई उधृत गर्दै समीक्षामा नेता रामकृष्ण यादवले भनेका थिए ।

देशमा अधिनायकबाद आइरहेको बेला कांग्रेसभित्र गुटगत विवाद भइरहेको र त्यसबाट कार्यकर्ताहरु निरास रहेको प्रतिक्रिया नेताहरुले दिएका थिए । समीक्षामा बोल्ने अधिकांश नेताहरुले गुट उपगुट समाप्त गरेर आउन जनताको सुझाव रहेको जनाएका थिए ।


 

प्रतिक्रिया दिनुहोस