प्रचण्ड र देउवाबीच भेटवार्ता: के भयो कुराकानी ?

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, २१ : २९
प्रचण्ड र देउवाबीच भेटवार्ता: के भयो कुराकानी ?

फाईल फोटो

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी ¬(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ ।
राजधानीको समिट होटलमा प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो । भेटमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा छलफल हुनुका साथै अन्य समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ । 
केही दिन अघि बसेको नेकपाको सचिवालय बैठकमापनि संक्रमणकालिन मुद्दा टुंगाउनेबारे छलफल भएको थियो । सोही अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज देउवासँग भेटवार्ता गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस