समृद्धिको नारा सफल पार्न काम गरौँ : सुवेदी

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, १२ : १९
समृद्धिको नारा सफल पार्न काम गरौँ : सुवेदी

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले समृद्धिको नारा सफल पार्न काम गर्नु पर्ने बताउनु भएको छ । 
भरतपुर महानगरपालिका वडा नम्बर चारमा बिहीबार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । आयोजना अन्तर्गत २० दिनका लागि १२ जनाले रोजगार पाएका छन् । १२ जना भनिएपनि समुद्घाटन समारोहमा १० जनामात्र उपस्थित थिए ।
वडाध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न समुद्घाटन समारोहमा ठाकुरप्रसाद कँडेल, मुक्तिराम कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रोजगार पाउनेहरुले दैनिक आठ घाण्टा काम गर्नु पर्नेछ । उनीहरुले दैनिक आठ सय रुपैयाँका दरले पारिश्रमिक पाउने गरी २० दिनको लागि रोजगारी पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस