एसईई परीक्षाको नतिजा आज आउँदै, कसरी हेर्ने नतिजा ?

करिब चार लाख ७५ हजार परीक्षार्थीको नतिजा आउँदै

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, ०७ : २२
एसईई परीक्षाको नतिजा आज आउँदै, कसरी हेर्ने नतिजा ?

काठमाडौं । एसईईको नतिजा आज सार्वजनिक हुने भएको छ । २०७५ सालको माध्यमिक शिक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने गरी परिक्षा बोर्डले तयारी गरेको छ ।

परिक्षा सार्वजनिक गर्नका लागि राष्टिय परिक्षा बोर्डको बैठक अहिले दिउँसो १ वजे बोलाईएको छ । त्यसपछि नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए ।

बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ ।

कसरी हेर्न सकिन्छ नतिजा ?

राष्टिय परिक्षा बोर्डले एसईई परिक्षाको नतिजा हेर्नका लागि विभिन्न तरिका अवलम्बन गरेको छ । विद्यार्थी तथा अभिभावकलाई नतिजा हेर्न सहज होस भनेर उसले मोवाइल एसएमएस, इन्टरनेट लगायतको ब्यवस्था गरेको छ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

नतिजा यसरी हेर्नुहोस :

– मोबाइलमा १६०० डायल गरेर ।

– नेपाल टेलिकमको वेबसाईट  www.ntc.net.np  मा पनि हेर्न सकिनेछ ।

– परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिनेछ ।

– त्यस्तै शिक्षा मन्त्रालयको  www.doe.gov.np मा हेर्न सकिनेछ ।

– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np मा हेर्न सकिनेछ ।

– एनसेल प्रालिको  www.ncell.axiata.com मा गएर परीक्षाको नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस