धादिङमा जिप दुर्घटना हँदा ५ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०७६, १४ : ४५
धादिङमा जिप दुर्घटना हँदा ५ जनाको मृत्यु

धादिङ । धादिङको गल्छी गाउँपालिका ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ।

गल्छी गाउँपालिका  ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो।  दुर्घटनामा गल्छी गाउँपालिका ६ का २५ वर्षीया नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको छ भने २१ वर्षीया समीक्षा अधिकारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिए। 

दुर्घटनामा १० जना घाइते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि उनीहरुलाई काठमाडौं ल्याइँदैछ। तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जिप माथिल्लो सडकबाट पल्टेर तल्लो सडकमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस