ओल्ड दरबार समूहले सुरु ग¥यो बाह्रसिंगे बियरको उत्पादन

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, १७ : २७
ओल्ड दरबार समूहले सुरु ग¥यो बाह्रसिंगे बियरको उत्पादन

चितवन । घरेलु ह्विस्कीमा तीव्र बजार हिस्सा बढाइरहेको ओल्ड दरबार उत्पादन गर्ने समूहले नेपाली बजारमा बियर पनि ल्याउने भएको छ ।

४ वर्षअघि यती डिष्ट्रिलरीमार्फत् ओल्ड दरबार ह्विस्की बजारमा ल्याएको कम्पनीले याक ब्रुअरीमार्फत् बाह्रसिंगे ब्रान्डमा बियर ल्याउन लागेको हो । बियर उत्पादनका लागि कम्पनीले चितवनको कुरिनटारमा उद्योग स्थापना गरिसकेको छ ।

कम्पनीले बियर उत्पादनका लागि एक अर्ब रुपैयाँ लगानी गरेको छ । बियरमा पनि रवि केसी र अभिषेक श्रेष्ठकै समूहले लगानी गरेको हो । उद्योगबाट बाह्रसिंगे ब्राण्डका वियर उत्पादन भएर बिक्री वितरण समेत सुरु भएको छ। दुई महिनाअघि उद्योगबाट परीक्षण उत्पादन सुरु भएको थियो। कम्पनीले दुई महिनापछि सबै प्रकृया पूरा गरेर व्यवसायिक उत्पादन थालेको हो । ‘बियर उत्पादन भई बजारमा पठाउनका लागि अन्तिम तयारी भएको छ,’ कम्पनीका प्रबन्ध निर्देशक रवि केसीले भने, ‘ब्रान्ड दर्ता र अन्तःशुल्कको इजाजत लिने काम सकिनेबित्तिकै बियर बजारमा आउँछ ।’

चार वर्षमै डोमेस्टिक ब्रान्डमा ह्विस्कीको बजार हिस्सा उचाइमा पुर्याएको कम्पनीले त्यही नेटवर्क प्रयोग गरी आफ्नो बियरको बजारीकरण गर्ने योजना बनाएको छ । ‘सुरुमा हामीले स्ट्रङ वियर मात्रै उत्पादन सुरु गरेर बिक्री वितरण थालेका छौं’ याक ब्रुअरीका संचालक केसीले भने, ुस्ट्रङ वियरको बजार विस्तारपछि प्रिमियम वियरको उत्पादन थाल्छौं।’ 
यो वियरमा ६ प्रतिशत अल्कोहल हुनेछ। उद्योगमा जर्मनी प्रविधिको प्लान्ट लगाइएको छ। ‘विश्वबजारमै लेटेस्ट इक्विपमेन्ट हामीले ल्याएका हौं। हामीले वियर प्लान्टमा कुनै कम्प्रोमाइज गरेका छैनौं,’ उनले भने, हाम्रो उदेश्य नेपाली उपभोक्ताले विश्वस्तरकै वियर पाउन भन्नु पनि हो।’ केसीले लामो अनुसन्धानपछि वियर प्लान्ट लगाएको दाबी गर्दै नेपालमा रहेका राम्रा प्लान्टसँग प्रतिस्पर्धा गर्नेगरी आएको समेत जिकिर गरे ।
 

प्रतिक्रिया दिनुहोस