काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चितवन आउनुभएको छ । ५ आंै अन्तर्राष्ट्रिय योग दिवसको उद्घाटनका लागि उहाँ चितवन आउनु भएको हो । अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समाहरोह समिति चितवनले आयोजना गरेको ५ औं अन्तर्राष्ट्रिय योग दिवस पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भनिएपनि उहाँको व्यस्तताले उपराष्ट्रपति पुनलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको योग दिवस समाहरोह समितिका सहसंयोजक तथा प्रचारप्रसार समितिका संयोजक टंकनाथ पौडेलले बताउनुभयो ।
पुनले भरतपुरको तालिम केन्द्रमा हुने औपचारिक कार्यक्रमको उद्घाटन गरेसँगै केही समय त्यहीँ रहेर योग गर्ने र त्यसपछि देवघाटको भ्रमणका लागि उहाँलाई देवघाट लगिने पौडेलले बताउनुभयो । पुन शुक्रबार काठमाडाँै फर्कने बताइएको छ । पुनलाई स्वागत गर्न चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी प्रमुख दानबहादुर मल्ल लगायत सुरक्षा निकायका अधिकारीहरु र आयोजक मण्डल बिमानस्थल पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०७६, १५ : ३०
लेखकबाट थप