विप्लव समूहका पाँच नेता पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, १३ : ३४
विप्लव समूहका पाँच नेता पक्राउ

काठमाडौं । विप्लव समूहका पाँच नेता उपत्यकाबाट पक्राउ परेका छन् ।  महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनिहरुलाइ पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा रामेछापको पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ छन् । कुलदिप तामाङलाई भक्तपुरबाट पक्राउ गरिएको हो भने अन्य काठमाडौंबाटै पक्राउ परेका महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले बताए । पक्राउ परेकाको साथबाट प्रतिबिन्धत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पर्चा भेटिएका छन् ।

समूहले बिहीबार साँझ उपत्यकामा राँके जुलुस निकाल्ने घोषणा गरेको थियो । त्यहीँ क्रममा उनीहरु उपत्यका छिरेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पक्राउ परेकाहरुले प्रहरीसँग इन्कारी बयान दिएका छन् । अनुसन्धान अधिकृतका अनुसार अधिकांशले उपचारका लागि काठमाडौं आएको दाबी गरेका छन् । थप अनुसन्धान भइरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस