कांग्रेसमा देउवा–पौडेल नयाँ–नयाँ विवादमा

महाधिवेशन की अन्तरकालिन पार्टी संरचना भन्नेमा देखियो नयाँ विवाद । देउवासँग पौडेलपक्ष झनै शसंकित

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०७६, ०९ : २२
कांग्रेसमा देउवा–पौडेल नयाँ–नयाँ विवादमा

काठमाडौं । पार्टीका अन्य नेताहरुले महािधवेशनमा जोड दिएपनि कांग्रेस सभापति शेरवहादुर देउवाले कसैका कुरा सुन्न चाहेका छैनन । पार्टीभित्रका रामचन्द पौडेल पक्षका आवाजलाई पेलेरै जाने सोचमा देउवा देखिएका छन् ।

विद्यान अनुसार पार्टी संरचना नबनेका कारण पार्टी गतिविधी प्रभावित बनेको र गाउ तहसम्म पार्टी संरचना विस्तारमा समस्या आएको नेता देखि कार्यकर्तासम्मले गुनासो गर्न थालेपछि सभापति देउवाले पार्टीका तल्लो तहको संरचनामा अन्तरकालिन ब्यवस्था अनुसार जिम्मेवारी दिने तयारी थालेका छन् ।

देउवा निकट स्रोतका अुनसार, देउवाले ७ ओटै प्रदेश संरचनामा महाधिवेशन नहुदासम्मका लागि भन्दै अन्तरकालिन ब्यवस्था अनुसार नेता कार्यकर्ताको जिम्मेवारी तय गर्न लागेका हुन् । देउवाको यस्तो तयारी देखेपछि पौडेल पक्ष भने झस्किएको छ । यसभित्र देउवाका दुई उदेश्य अन्तरनिहित हुन सक्ने आंकलन गदै पौडेल पक्ष देउवासँग शसंकित बन्न पुगेको पौडेल पक्षका एक केन्द्रीय सदस्यले सफल खबरलाई वताए ।

उनका अनुसार, निर्धारित समयलाई ख्याल गर्ने हो भने आगामी फागुनमा पार्टी महाधिवेशन गर्नुपर्ने विधानको ब्यवस्था छ । तर देउवाले महाधिवशेन लम्बाउन चाहेका कारण अहिले अन्तरकालिन ब्यवस्था अनुसार संरचना निर्माण गर्न खोजेको पौडेल पक्षको पहिलो आशंका छ । दोश्रो आशंकामा उसले अहिले देउवाले बनाउन खोजेको अन्तरकालिन संरचनामा देउवा पक्षकै नेताहरुलाई जिम्मेवारी दिने र पार्टीभित्र एकलौटी आफु पक्षिय नेताहरुको वर्चश्व बनाउँदै पार्टी कब्जा गर्ने । यी दुई आशंकामा देउवासँग पौडेल पक्ष झस्किएको पौडेल निकट ति नेताले बताए ।

केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशनको एक वर्ष अगाडी नै स्थानिय तहको अधिवेशन गरिसक्नुपर्ने काग्रेसको विधानमा ब्यवस्था छ । फागुनमा महाधिवेशन गरिसक्ने हो भने स्थानिय तहका अधिवशेन यतिबेला सकिसक्नु पर्ने थियो । तर त्यो अहिलेसम्म हुन सकेको छैन भने गाउ , नगर तहको पार्टी नेतृत्व कसले गर्ने भन्ने सम्म पनि काग्रेसले तय गर्न सकेको छैन ।

विगतका ४,५ ओटा गाविस मिलेर अहिले एउटा गाउपािलका बनेको र त्यसका अध्यक्षमध्येबाट को गाउपालिकाको अध्यक्ष हुने भन्ने काग्रेसमा अझै विवाद छ । तर केन्द्रले गाउ , नगरको केन्द्र तोकिएका साविकका अध्यक्ष नै त्यसको अध्यक्ष हुने गरी आन्तरिक सर्कुलर गरेको थियो । यद्यपी, त्यो सर्कुलर फलो गर्दा पनि कतिपय स्थानमा वरिष्ठताको विवाद आएपछि काग्रेसमा लफडा झनै चुलिएको छ ।

त्यही लफडा काग्रेसको जागरण अभियानमा समेत प्रकट भएको थियो कतिपय स्थानमा । झन अहिले देउवाले अन्तरकालिन ब्यवस्थामा पार्टीका केन्द्र देखि तलका ७ ओटै संरचना निर्माण गर्न खोजेपछि काग्रेसमा नयाँ विवाद देखिएको छ । पौडेल पक्षले भने महाधिवशेनको तयारीमा जुटिहाल्न दबाब बढाएको छ ।

यद्यपी, पार्टीभित्र अरु कराउँदै गर्छन्, म आफनो पाइला अगाडी बढाईरहन्छु भने झै एक्लै मसिहा बन्ने ध्यानमा देउवा अगाडी बढिरहेका छन् । सहमहामन्त्री प्रकाशशरण महतले अधिवेशन तयारीका लागि पनि पार्टीमा संंरचनामा अन्तरकालिन ब्यवस्था गरेर जानुपर्ने भएकोले सभापतिले त्यो तयारी गरेको बताए । 

प्रतिक्रिया दिनुहोस