सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्,- 'भारतसँगको सीमा विवाद समाधान गर्न सरकार आफै भएन'

बुधबार, १० माघ २०७४, १३ : १४
सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्,- 'भारतसँगको सीमा विवाद समाधान गर्न सरकार आफै भएन'

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न सरकार आफै अग्रसर नभएको आरोप लगाएका छन् ।
सीमाविद् श्रेष्ठले वीरगंजमा नेपाल–भारतबीच पटक–पटक हुने गरेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न सरकार आफै तयार नभएको स्पष्ट पारे । उनले १५ वर्ष अघि पनि वीरगंजको सार्कीटोल र इन्रुवामा भारतसँग सीमा विवाद हुँदा त्यसलाई समाधान गर्न सरकार लागि नपरेको पनि स्मरण गराए ।

नापी विभागमा पूर्व महानिर्देशक समेत रहनु भएका उनले बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालको भूमि भारतले  मिच्दै आएको स्विकार गरेर अघि बढनुको विकल्प नरहेको तर्क पनि गरे । सीमाविद् श्रेष्ठले नेपाल–भारतबीचको सीमा विवाद समाधान गर्न ८ हजार ५ सय ५३ वटा सिमा खम्बा स्थापना तत्काल गर्नुपर्ने सुझाव पनि दिए ।

उनले कतिपय सीमा स्तम्भ लोप नै भईसकेका कारण पनि नेपाल–भारतबीच सिमा विवाद हुने गरेको स्पष्ट पारे ।
सीमाविद् श्रेष्ठले नेपालले आफ्नो भूमिकाको रक्षा गर्न चुक्ने गरेको पनि बताए । उनले  नेपालका गरिव किसानलाई भारतीय सीमा सुरक्षा बलले पेलेरै पनि नेपाली भूमि मिचिएको स्मरण गराए ।

सीमाविद् श्रेष्ठले वीरगंजको छपकैयामा भारतले सीमा मिचेको हो, होइन भन्ने प्रमाण जुटाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस