भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ

बुधबार, १० माघ २०७४, १२ : ४६
भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ

भोजपुर  । जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो ।

काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन कार्यालयका वन अधिकृत रामबाबु शाहले जानकारी दिए । निर्देशिकाअनुसार सामुदायिक र निजी वनमार्फत पीडितलाई काठ दिएको कार्यालयको भनाइ छ ।

भूकम्पपीडितले जिल्ला वन तथा आफ्नो क्षेत्रको सामुदायिक वनमा निवेदन दिएर ५० क्युफिटसम्म काठ ९० प्रतिशत सहुलियतमा पाउने जिल्ला वन कार्यालयको भनाइ छ । सहुलियतमा काठ लिनका लागि १६५ जनाको निवेदन परेको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस