अफगानिस्तानका भरपर्दा खेलाडी मोहम्मद शाहजाद विश्वकप क्रिकेटबाट बाहिरिए

एजेन्सी

शुक्रबार, २४ जेठ २०७६, १२ : ४१
अफगानिस्तानका भरपर्दा खेलाडी मोहम्मद शाहजाद विश्वकप क्रिकेटबाट बाहिरिए

एजेन्सी । अफगानिस्तानका भरपर्दा खेलाडी मोहम्मद शाहजाद विश्वकप क्रिकेटबाट बाहिरिएका छन् । घुँडाको चोटका कारण विकेटकिपर ब्याट्सम्यान शाहजादले विश्वकप क्रिकेटका बाँकी खेल गुमाएका हुन् ।

पाकिस्तानसँग भएको अभ्यास खेलमा शाहजादको घुडामा चोट लागेको थियो । तर घाइते भएपनि अष्ट्रेलिया र श्रीलंकाविरुद्ध खेलेका थिए । सुरुवाती दुई खेल गुमाएको अफगानिस्तानका लागि यो ठूलो झड्का हो ।

उनको स्थानमा विकेटकिपर ब्याट्सम्यान इक्रम अली खिललाई टिममा बोलाइएको छ । यसलाई आईसीसीको इभेन्ट टेक्निकल कमिटीले पनि स्वीकृति दिइसकेको छ । अफगानिस्तानले शनिबार न्युजिल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस